हाम्रो बारे



NIRMAN MEDIA: THE CAMPAIGN FOR REBUILDING NEPAL   

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार

पृष्ठभूमि

संयोग थियो, विगत चार वर्षअघि निर्माण बिम्ब राष्ट्रिय मासिक पत्रिका दर्ता गर्दादेखि नै सिन्धुपाल्चोक र दोलखाबासी केही जागरुक साथीहरुको सत्प्रयासमा यो टिमले आकार लियो ।

०७२ चैत इस्यु पनि ‘सहरी बस्ती र गाउँबस्तीका घर/भवन सुरक्षित छन्, मानवमैत्री छन् ?’ मा बहस केन्द्रित गरी प्रकाशित भयो ।

नयाँ वर्षको पहिलो सँघारमै विनाशकारी भूकम्प गयो पनि । हुनु भैगयो नि, के खोज्छस् काना आँखो भनेझैँ यो पत्रिकाको टिमले बोकेको इस्यु अभियानका रुपमै विकास गर्नु पर्ने संगीन बेला आएको रहेछ भन्ने अनुभूति भयो हामीमा राष्ट्रलाई जस्तै ।

अनलाइन पोर्टल सहित सञ्चार गृह सञ्चालन गर्ने भन्ने हाम्रो सपना सहज मौलाउने अवसर पायो । बस् निर्माण मिडियाको अब अनलाइन भर्सन पनि तयार गरियो ।

भूकम्प आउँदा पनि सिन्धुपाल्चोक र दोलखालाई विशेष दख्खल हुनु र चार वर्ष अघिको यो टिमको योगलाई यसर्थ संयोग भनिएको हो ।

अर्काे मिठो संयोग— यो पत्रिका निर्माण क्षेत्र (जस्तै, सिमेन्ट, रड, रोडा, इँटालगायत सम्पूर्ण निर्माण सामग्री र विकास–पूर्वाधार निर्माणका प्रमुख आधारहरु—बाटो, बत्ती, पुल, प्लटिङ, बस्ती विकास, सहरीकरण÷टाउन प्लानिङ, गाउँघरका बस्ती विकास र डिजास्टरबाट मानवमैत्री जगत् तर्फको सुरक्षित गान्तव्यका लागि पत्रकारिता जस्ता उद्देश्य) मा केन्द्रित भई सञ्चार कर्म गर्ने भन्ने रहेको थियो, र छ पनि ।

उद्देश्य

सकारात्मक सञ्चार समृद्ध राज्यको आधार हो भन्ने हामीलाई लागेको थियो । किनकि ‘कुकुरले मानिस टोकेको नभई मानिसले कुकुर टोक्यो भने समाचार बन्’ बाट अनुप्राणित नेपाली सञ्चार कर्मले विकास–निर्माणलाई राष्ट्र निर्माणको कडी हो भन्ने प्राथमिकता दिन भ्याएन ।

भ्याओस् पनि के र, नेपालमा राजनीति र त्यसको खुट्टा तान्ने खेलका समाचार नै वास्तविक समाचार बन्ने संस्कृति नै बनेको मिडिया साम्राज्यमा प्रेरक श्रम र सीप, शान्ति र समृद्धि, विकास र निर्माणका समाचार छायाँमा परेकी सुन्दरी जस्तै बनेका छन् ।

हाम्रो नजर यसैमा परेको थियो । सिङ्गो निर्माण क्षेत्रका समस्यालाई सरोकारवालाका बिचमा लैजाने, एउटा जागृतिको अभियान गर्ने मिडिया बन्न हामी चाहन्थ्यौँ ।

घर/आवासदेखि बाटो–घाटो, पुल–पुलेसो, निर्माण सामग्री गुणस्तरबारे सचेतना, निर्माण प्रविधि र सीपयुक्त कालीगडीबारे जानकारी आदिमा केन्द्रित भई पत्रिका प्रकाशन गर्ने भन्ने अभीष्ट रह्यो । भूकम्पपछि नेपालमा डिजास्टर चेतना आवश्यक छ भन्नेमा हाम्रो बुझाइ झनै बलियो भयो ।

भूकम्पलगत्तै उद्धार र राहतमा जिल्ला दौडाह गर्दा जुटेका साथीहरुको सेन्टिमेन्ट पनि हाम्रो ऊर्जाको थप कारक बन्न पुग्यो ।

गन्तव्य

थोरै साथी र धेरै शुभचिन्तकहरुको मायाले हामीलाई अघि बढ्न भिटामिनको काम गर्याे । र, यसरी जन्मियो निर्माण मिडिया नेटवर्क ।

यही भावना वरपर हामी व्यक्तिको व्यक्तित्व निर्माणदेखि देश र राज्यको पुनःनिर्माण, घर निर्माणदेखि समाज र सामाजिक विचारधारा निर्माण आदिको बृहत् रुपलाई बुझ्दछौँ ।

युग— पुनःनिर्माण र नवनिर्माणको

हातेमालो हामी सबैको

साथ— निर्माण मिडियाको

अभियान राष्ट्रको

निर्माण मिडिया क्याम्प प्रा. लि.

(निर्माण मिडिया नेटवर्क) द्वारा सञ्चालित

nirmansanchar.com
(निर्माण सञ्चार डट कम)

अध्यक्ष

 आर आचार्य

प्रबन्ध निर्देशक

एवं

 सम्पादक

नवराज खतिवडा

 

प्रधान सम्पादक

डा. घनश्याम खतिवडा

 

प्रशासन अधिकृत

गंगा चौलागार्इं

बजार प्रबन्धक

सरस्वती चौलागाईं

 

अनुसन्धान संयोजक

ऋषि अधिकारी

न्युज/खेलकुद
 ऋषि खतिवडा

 

प्रविधि निर्देशक

विनोद बोलखे

अनलाइन प्रवद्र्धन

(दीपेश बर्ताैला)

इनोभेसन वेब ग्रुप

 

निर्माण मिडिया क्याम्प प्रा.लि

निर्माण मिडिया नेटवर्क

चावहिल–७, काठमाडौं ।