काठमाडौं घोषणापत्र जारी गर्दै इफाप्काको ३९ औं मध्यकालीन बोर्ड बैठक सम्पन्न

निर्माण सञ्चार, काठमाडौं । काठमाडौं घोषणापत्र जारी गर्दै एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको छाता संगठन इफाप्काको ३९ औं मध्यकालिन बोर्ड बैठक राजधानीमा सम्पन्न भएको छ ।

बैठकले इफाप्कालाई अझ शशक्त संगठनका रुपमा विस्तार गर्दै सदस्य राष्ट्रहरुलाई थप सुविधा दिने निर्णय गरेको छ । बैठकमा भुटानलाई पनि इफाप्काको सदस्य बनाउने विषयमा भुटानी प्रतिनिधिहरुकै उपस्थितिमा छलफल भएको थियो ।

तर तत्कालै भुटानलाई सदस्यता दिने विषयमा ठोस निर्णय भने भएन । इफाप्कामा अहिले नेपाल सहित थाइल्याण्ड, ताइवान, सिंगापुर, जापान, श्रीलंका, मलेसिया, बंगलादेश, भारत, दक्षिण कोरिया, कम्बोडिया, अष्टे«लिया, माल्दिभ्स्, चीन, न्यूजिल्याण्ड, फिलपिन्स, मंगोलिया र मलेसिया गरी १८ राष्ट्रमात्र सदस्य छन् ।

बैठकमा सन् २०१७ को मे ३० देखि जुन ३ मा दक्षिण कोरियाको राजधानी सउलमा हुने ४३ औं इफाप्का सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय पनि भएको छ ।

बैठकमा नेपालको तर्फबाट नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष तथा इफाप्का बोर्ड सदस्य निकोलस पाण्डेले सहभागिता जनाउनु भएको थियो ।

बैठकको समाप्तीपछि भूकम्पपीडितहरुको सहयोगार्थ इफाप्का तथा दक्षिण कोरियाली निर्माण संघको तर्फबाट १२ हजार अमेरिकी डलर नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापालाई प्रदान गरिएको थियो ।

 

....

भदौ १८, २०७३

प्रतिक्रिया

Related