सबल, सक्षम, नीति सहितको युवा नेतृत्व अब चाहिन्छ— भ्रष्ट र अदूरदर्शीलाई फाल्न पाइन्छ— ई. रोकाहा

बहस— इन्जिनियर एसोसिएसन निर्वाचन सन्दर्भमा इन्जिनियरहरुको अबको दायित्व के हो ?
निर्माण सञ्चार, सवाल–जवाफ । भदौ ३१ गते हुने इन्जिनियर्स एसोसिएसनको चुनावमा युवा जोस र होसले भरिभराऊ रहेको प्रगतिशील समूह विजय निकट रहेको बताउँछन् युवा इन्जिनियर सञ्जीव रोकाहा ।

उक्त समूहबाट कोषाध्यक्षको उमेद्वार रहेका रोकाहा अरु समूहका तुलनामा प्रगतिशील पेसागत समूह नीति, नेतृत्वको र क्षमताको त्रिवेणी रहेको बताउँछन् । ‘जोस र होस मात्र हैन क्षमताले भरिएका एकसे एक अनुहारहरुको सबल र सक्षम टिमका रुपमा पेसागत प्रगतिशील समूह अहिले मैदानमा छ, टिमको यस्तो बजोड कम्पोजिसन र एजेन्डाकै कारण हामीले इन्जिजियर साथीहरुको मन जितिसकेका छौं, मात्र मतदानको दिन कुरी बसेका छौं’, यसरी निर्माण सञ्चारसँगको साक्षात्कारमा आफ्नो समूहको जित सुनिश्चित भएको उनले बताए ।

हुन पनि राष्ट्रिय योजना आयोग जस्तो नीति निर्माणको तहमा काम गरिसकेकी डा सुमित्रा अमात्यदेखिदेखि नेपालमै पहिलो शतप्रतिशत सफल राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जस्तो सफल लिडिङ प्रोजेक्ट ह्यान्डलिङ गरेका प्रदीप अधिकारी र त्रिभुवन विश्वविद्यालयदेखि नास्टमा समेत लामो समयदेखि प्राध्यापन र परामर्शदातृ भूमिका दिएका प्रा. डा. प्रकाशचन्द्र अधिकारीसम्म रहेको पहिलो महिला अध्यक्ष र अनुभवी महासचिव र सदस्यहरुको यो टिम कम्पोजिसन अन्य समूहसँग तुलना गर्नै नमिल्ने मतदाताका रुपमा काठमाडौं छिरेका प्रतिनिधिहरुले समेत बताए ।

भोजपुरको कुलुङमा करिब ३४ वर्ष अघि जन्मिएर ०५३ सालमा स्थानीय वीरेन्द्र माविबाट ०५३ सालमा एसएलसी दिएका युवा इन्जिनियर रोकाहाको भारतको आन्द्र प्रदेश विवेकानन्द महाविद्यालयबाट उच्च शिक्षा अघि बढ्यो । अस्कल क्याम्पस हुँदै कान्तिपुर इन्जिनियरिङबाट बिएस्सी गरेर विभिन्न इन्जिनियरिङ क्षेत्रमा झन्डै दशक लामो प्रशासनिक तथा एकेडेमिक नेतृत्व सम्हालिसकेका रोकाहा सामसुङ इन्डिया इलेक्ट्रोनिक प्रालिको रिजनल डाइरेक्टरको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

एसोसिएसन अब इन्जिनियरिङ स्टुडेन्ट नेपालको संस्थापक महासचिव समेत रहेका उनले जर्मनमा मात्र हुने इन्जिनियरिङ महोत्सवलाई नेपालमा पहिलो पटक भित्राएका थिए । विभिन्न सामाजिक शैक्षिक क्षेत्रमा समेत नेतृत्वदायी भूमिकामा अगाडि देखिएका रोकाहा आफू कोषाध्यक्षको उमेद्वार रहेको प्रगतिशील पेसागत समूहले प्रतिस्पर्धीहरुको अखडा नै कब्जा गरिसकेको बताए ।

‘हाम्रा एजेन्डाहरुमा आमइन्जिनियर समुदायले देखाएको सद्भावले नै प्रगतिशील समूहको जितलाई सुनिश्चित गरिसकेको छ, परिवर्तनका पक्षमा उभिने उहाँहरुको हिम्मतले नै हाम्रो जित र हामी सबैको विजय बन्ने हो,’ बताउने रोकाहा भन्छन्, ‘परिवर्तनका लागि नयाँ पुस्ता इन्जिनियरिङ क्षेत्रमा छिरिसकेको छ, अब यो क्षेत्रमा युवाहरुको आगमनलाई कसैले रोकेर रोक्न सक्तैन ।’

उनले परिवर्तन पनि चाहने अनि थोत्रो र जुठो थाल फाल्न पनि नचाहने हो भने नयाँ थालमा भात कसरी खान सकिन्छ र ? भन्दै आफूहरु इन्जिनियर एसोसियसनमा आमूल परिवर्तनको पक्षमा रहेको दाबी गरे । यो प्रतिस्पर्धामा इन्जिनियरिङ क्षेत्रलाई माथि उठाउनेबारे अत्यन्त स्वप्नील योजना भएको बताउने रोकाहा कस्तो छ भिजन—

५२ वर्ष अघि जन्मेको इन्जिनियरहरुको एसोसियसन किन राष्ट्रिय स्तरको हस्तक्षेपकारी नेतृत्वका रुपमा विकास हुन सकेन ? किन भूकम्पका बेला यो पंक्तिले राष्ट्रको ध्यान खिच्न सकेन ?

अत्यन्त सान्दर्भिक प्रश्न उठाउनु भो । राज्यको पूर्वाधार विकासदेखि नीति निर्माणका तहसम्म अहं भूमिका हुनु पर्ने राष्ट्र निर्माता इन्जिनियरहरुको जनस्तरमै देखिने गरी किन भूमिका हुन सकेन ?

भूकम्प गएर देश थला पर्दा देशको पुनःनिर्माण र नवनिर्माणका लागि राज्यलाई नै झक्झक्याउने खालको योजना दिनु पर्ने हो तर किन दिन सकेन ?

दिन दिनै बाटो, राजमार्गहरु भत्किरहेका छन्, बाटो कै कारण काभ्रोको बिर्तादेउरालीदेखि त्रिशूली नदीमा दर्जनौं मान्छेको ज्यान जाने गरी गाडीहरु पल्टिरहेका छन्, निर्माण कार्यको ठेक्का लिनेहरुले पनि गल्ती गरिरहेका छन् होला, नीति निर्माण तहमा पनि कमजोरी पक्कै होलान्, तर ती सबै कमजोरीहरुका बाबजुद सबैभन्दा ठुलो कमजोरी जनताले ठानिरहेको के छ भने देश बनाउने भन्ने इन्जिनियरहरुले किन गतिलो नक्सा दिन सकेनन् ?

आफ्नै स्वार्थ र दुई चार दिन मोजमस्ती गर्ने, संस्थाको रकम अपारदर्शी रुपमा उडाउने जस्ता कामहरु मात्रै गरेर कार्यकाल बिताउने भन्दा अघिल्लो पुस्ताहरुमा अधिकांशको उपलब्धि नै भएन । उहाँहरुको अदूरदर्शी सोच, लोथारजिक शैली, निकम्मापन र परिणाममुखी भन्दा पनि आफ्नो दुनो सोझ्याउने र जागिरे मानसिकताले देश र जनताले खोजेकै बेला, इन्जिनियरहरुले न त भूमिका खेल्न सके, न समाजमा राम्रो चरित्र नै बनाउन सके । आखिर अघिल्लो पुस्ताले नै नयाँ युवा पिढीलाई बाटो देखाउने, भूमिका दिने हो नि 

बिगार्ने भत्काउनेहरुलाई पनि त सही मार्ग निर्देश गर्न सक्छन्, किन गरेनन् भन्ने आम रुपमा जुन गुनासाहरु आइरहेका छन् ।

निसन्देश यी आरोपहरुमा सत्यता पनि छ । बाटो घाटोको कुरा मात्र होइन, बिजुली बत्तीदेखि मोटर गाडी र कम्प्युटर प्रविधिसम्मका इन्जिनियरहरु छन् । नेपाल टेलिकमको फोन सधैजसो जाम हुने, कुरा गरे आधा सुनिने बाँकी नसुनिने हुन्छ किन ?

यसले त सेवाग्राही जनता नै त मर्कामा परेका छन् नि हैन र ! जनताले दुखमा साथ खोज्ने हुन् । तर अहिले आएर इन्जिनियरहरुको पनि राष्ट्र निर्माणमा भूमिका हुन्छ र ? भनेजस्तो अवस्था सिर्जना भएको छ ।

यो सबै हुनुका पछाडि हामी युवा इन्जिनियरहरु जो परिवर्तनको मुद्दा लिएर उठिरहेका छौं, हामी यो दोष पूर्ववर्ती हाम्रो अभिभावक हुँ भन्ने इन्जिनियर एसोसियसनकै ठालूहरुलाई दिन चाहन्छौं ।

दोष दिइरहँदा हामी आफ्नो दायित्वबाट भाग्न खोजिरहेका चै छैनौं ।

तर कुरा के छ भने नेतृत्व तहमा हुनेले कस्तो रोल प्ले गर्छ, त्यसले नै आम चरित्र निर्माण गर्ने हो नि । एसोसियसन जित्दै आउने । तर जित भनेको नेतृत्वको गहन जिम्मेवारी काँधमा आएको हो भन्ने गरी नसोच्ने ।

आफ्नै स्वार्थ र दुई चार दिन मोजमस्ती गर्ने, संस्थाको रकम अपारदर्शी रुपमा उडाउने जस्ता कामहरु मात्रै गरेर कार्यकाल बिताउने भन्दा अघिल्लो पुस्ताहरुमा अधिकांशको उपलब्धि नै भएन ।

हामी गरेर देखाउँछौं । देशलाई नयाँ नेपाल, नवनिर्माणको खाका दिनेदेखि आजको बिग्रे भत्केका घरहरु बनाउने र अव्यवस्थित राजधानी सहरको विकासको नयाँ खाका समेत दिनसक्छौं हामी ।

त्यसैले परिवर्तन चाहने हो भने, परिवर्तन गर्ने टिमलाई नै नेतृत्व सुम्पन तयार हुनु त पर्यो  नि । नेतृत्व तहमा भिजन भएकाहरु नै, जोस र होस दुवै भएकाहरु नै आउनु पर्छ भनेको त्यसै होइन । सबल र सक्षमहरुको टिमले मात्रै युगलाई नेतृत्व दिन सक्छ भन्ने हामी प्रगतिशील तथा पेसागत इन्जिनियरहरुको मुद्दा हो

उहाँहरुको अदूरदर्शी सोच, लोथारजिक शैली, निकम्मापन र परिणाममुखी भन्दा पनि आफ्नो दुनो सोझ्याउने र जागिरे मानसिकताले देश र जनताले खोजेकै बेला, इन्जिनियरहरुले न त भूमिका खेल्न सके, न समाजमा राम्रो चरित्र नै बनाउन सके ।

आखिर अघिल्लो पुस्ताले नै नयाँ युवा पिढीलाई बाटो देखाउने, भूमिका दिने हो नि । कस्तो भूमिका खेले भन्दा सम्मानित इन्जिनियरलाई र कुनै स्तर नै नभएको ठेक्कावालालाई एउटै नजरले हेर्न थालेको छ आज समाजले किन ?

सो भए परिवर्तन हुन्छ त अब ?

हुन्छ अब परिवर्तन, गरेरै छाडिन्छ ।

तर परिवर्तन आफैं त आउँदैन नि ? ऋतु परिवर्तन हुँदा हिउँद आउने । हिँउदा आउँदा जाडो बढ्ने र वर्षा आउँदा गर्मी बढ्ने जस्तो पाराले मानिसको समाजमा क्रान्ति आउने हो र ? परिवर्तनलाई स्वाभाविक प्रक्रियामा मात्रै बुझेर हुँदैन ।

सोचदेखि व्यवहारसम्म आउने परिवर्तनका एजेन्डा हो हामीले उठाएको । हामी आमूल परिवर्तन चाहन्छौं अबको इन्जिनियर एसोसिएसनमा भन्नुको मतलब हिजोको पुस्ताले जस्तै अकर्मण्य पद ओगट्ने बुढो गोरु बन्ने छैनौं हामी ।

हामी गरेर देखाउँछौं । देशलाई नयाँ नेपाल, नवनिर्माणको खाका दिनेदेखि आजको बिग्रे भत्केका घरहरु बनाउने र अव्यवस्थित राजधानी सहरको विकासको नयाँ खाका समेत दिनसक्छौं हामी ।

त्यसैले परिवर्तन चाहने हो भने, परिवर्तन गर्ने टिमलाई नै नेतृत्व सुम्पन तयार हुनु त पर्यो  नि । नेतृत्व तहमा भिजन भएकाहरु नै, जोस र होस दुवै भएकाहरु नै आउनु पर्छ भनेको त्यसै होइन । सबल र सक्षमहरुको टिमले मात्रै युगलाई नेतृत्व दिन सक्छ भन्ने हामी प्रगतिशील तथा पेसागत इन्जिनियरहरुको मुद्दा हो ।

तपाईंको परिवर्तनका एजेन्डा के के हुन् ?

नयाँपनको आभास दिलाउनु नै परिवर्तनका बाहकहरुको पहिलो कर्तव्य हो । त्यसका लागि हामी प्रगतिशील तथा पेसागत इन्जिनियरहरुको समूहले हाम्रा प्रतिबद्धताहरु आफ्नो घोषणापत्र मार्फत् पनि बाहिर ल्याएको छौं ।

एसोसिएसनमा आजको माग भनेकै परिवर्तन हो । परिवर्तन सबैलाई चाहिएको छ । प्रगतिशील तथा पेसागत हाम्रो समूहको नीति, कार्यक्रमलाई सबै सदस्य साथीहरुले दिएको सम्मान र यसप्रति दर्साएको सद्भावको जुन लहरै चलेको छ, यसले हामीलाई मतदानको दिनको परिणाम मात्र कुरी बसे हुने ठाउँमा पुराएको छ । जित सुनिश्चित छ । 

तिनमा उल्लेख गर्नै पर्ने ५–७ वटा मुख्य मुद्दाहरु रहेका छन् ।

पहिलो हो आर्थिक अपारदर्शिताको अन्त्य । जस्तै, एसोसियसनमा सदस्यता बापत ५ सय लिइन्छ । प्रति सदस्यले तिरेको रकम कसरी सदुपयोग गरिएको छ ? हामी सोध्न चाहन्छौं । आजीवन सदस्यता बापत ५ हजार लिइन्छ ।

त्यस्तै, विभिन्न प्रोजेक्ट बेसमा अथवा सम्बन्धकै आधारमा पनि विदेशी डोनर एजेन्सीहरुले सहयोग गर्ने गरेका छन् । त्यसका आधारमा एसोसिएसनको वार्षिक बजेट तयार गरिन्छ ।

तर दुर्भाग्य के छ भने, त्यो रकम कहाँ लगानी गरियो ? त्यसको उपलब्धि के भयो भनी सोध्ने हो भने पूर्ववर्ती आफूलाई अब्बल भन्ने धेरैको इज्जत धुलोमा जानेवाला छ ।

कतिलाई त अख्तियार नै लिन आउनु पर्ने अवस्था छ ।

यस्तो बेथितिको हामी अन्त्य चाहन्छौं । विधि र पद्धतिमा, आर्थिक अनुशासनमा संस्थालाई कसरी चलाउने भन्ने उदाहरण पेस गर्न चाहन्छौं हामी ।

त्यस्तै, दोस्रो हो— इन्जिनिय हित कोषको स्थापना गर्ने योजना छ । यस अन्तर्गत भौतिक तथा दैवी प्रकोपबाट एसोसिएसनका सदस्यहरुमा पर्न जाने आपत्देखि बालबच्चा पठनपाठनसम्ममा पर्ने खतराबाट उसलाई संरक्षण गर्न सकियोस् ।

त्यतिमात्रै होइन, पेसागत हिसाबले असुरक्षित अवस्थामा रहेको इन्जिनियर होस् वा अनुसन्धान गरेर नयाँ तथ्य खोज्दै गरेको नयाँ पुस्ताको ड्रिम नै खल्लो हुने सम्मको अवस्थाबाट इन्जिनियर जगत्लाई अझै गतिशील र इनोभेटिभ बनाउने योजना छ हामीसँग ।

तेस्रो, इन्जिनियर र पेसागत क्षेत्रको विद्यालय सञ्चालन गर्ने । जस्तो कि आर्मीको स्कुल जस्तो । सुलभ र प्राविधिक रुपमा सबल जनशक्ति उत्पादन हामी इन्जिनियरहरुले नै गर्यौं भने न समाजमा योगदान दिन सकिन्छ ।

चौथो, रिसर्च केन्द्र स्थापना । यो भनेको ‘राष्ट्रिय पूर्वाधार नीति अध्ययन केन्द्र’का रुपमा बुझ्न सक्छौं । सरकारबाटै यसको स्थापना गराउने । जस्तै कुनै प्रधानमन्त्री विदेश भ्रमण गयो र कुनै कार्यक्रमकै लागि उसले सहयोग पाउने भो भने पनि प्रधानमन्त्रीलाई देशको कुन योजनाको इस्टिमेसन के हो भन्ने खाका नै हुन्न ।

तर हामी प्रबुद्ध रिटायर्ड इन्जिनियरहरुको त्यस्तो थिङ्क टेङ्क तयार गर्छौं जसले देशका सम्भावना भएका हरेक क्षेत्रको पहिलेदेखि नै अध्ययन गरिराखेको होस् ।

पाँचौ, नवनिर्माण र पुनःनिर्माणमा जनशक्ति तयार गर्ने । देशमा जहिले पनि विपत्ति पर्न सक्छ । हाम्रो क्षेत्रले आगो नियन्त्रणदेखि दैवी प्रकोपसम्मका विभिन्न प्राविधिक तालिम र इन्जिनियरिङ स्किल्ड जनशक्ति उत्पादन गर्न सक्छौं ।

अहिले भूकम्प अतिप्रभावित १३४६ युवा इन्जिनियरहरु फिल्डमा छन् । त्यस्तै जनशक्ति हामीलाई चाहिन्छ भन्नेबारे राज्यले सोच्न भ्याएको छैन । हामी त्यसलाई पूर्ति गर्ने दिशामा जान सक्छौं ।

छैटौं हो, डिजिटल इकोनोमिक सिस्टमको विकास । यसले हरेक कार्यालयहरुलाई पेपरलेस, पेनलेस र पिपुललेस बनाउने छ । आइटीको युगको भरपुर सदुपयोग गर्न हाम्रो पुस्ता अब तयार हुनु पर्छ भन्ने भिजन छ हामीसँग ।

त्यस्तै, अरु धेरै छन् । युवा इन्जिनियरहरु जो ब्रेन ड्रेन भइरहेका छन् । तिनको संरक्षण गर्नु । हेर्नाेस, आज देशमा हरेक वर्ष ६ हजारका दरले इन्जिनियरहरु उत्पादित भइरहेका छन् ।

तर हामीकहाँ भने विदेशी इन्जिनियरलाई लाखौं तिरेर कुनै सडकको नक्सा कोर्न झिकाइन्छ । जबकि लाखौं तिरेर हाम्रो जनशक्ति विदेशिएको अवस्था छ ।

पक्कै पनि एसोसिएसनको पूर्व नेतृत्वहरु सक्षम र आकर्षक कार्यक्रम दिन सक्थे, इन्जिनियरहरुको पेसागत हितको संरक्षण गरेका थिए भने, उनीहरुको सुखदुखको साथी बनेका थिए भने, आज मुलुकलाई पुनःनिर्माणमा अहोरात्र व्यस्त हुनु पर्ने यो संगठनको हालत यस्तो हुने थियो होला ?

यो सीप र दक्ष जनशक्ति पलायनलाई देशमै खपत गर्दै सुरुदेखि नै इन्टर्नसिप प्रबन्ध र पेसागत सुरक्षा प्रदान गर्दै अवसरहरु प्रदान गर्नु पर्छ भन्ने हाम्रो सोच छ ।

त्यस्तै, इन्जिनियरहरुलाई हरेक गाविसदेखि जिल्ला तहमा, जिल्लादेखि केन्द्रीय तह र नीति निर्माणदेखि मन्त्री र प्रधानमन्त्रीसम्मको देश हाँक्ने कोणबाट विकास गर्नेबारे हामी सोचिरहेका छौं ।

जिल्ला प्रशासनका विभिन्न शाखा तिर हेरौं न । जहाँ प्राविधिक शाखा छ, त्यहाँ ननटेक्निकल पर्सन प्रमुख छ । अनि कसरी हुन्छ काम ? त्यस्तो प्रशासनिक तहदेखि सडक भत्केमा समेत नियन्त्रण गर्ने नीति निर्माता तहमा हामी यो क्षेत्रलाई विकास गराउन चाहन्छौं ।

कति छन् अहिले इन्जिनियरहरु, एसोसियसनले सबैलाई नेतृत्व दिन किन नसकेको हो त ?

अर्काे गम्भीर प्रश्न सोध्नु भो । हेर्नाेस् देशभर अहिले ३५ हजार बढी इन्जिनियरहरु छन् । त्यसमा ३० हजार चाहिँ काउन्सिलमा दर्ता छन् । तर अचम्म के छ भने, १७ हजार मात्रै एसोसिएसनमा दर्ता छन् भन्दा मानिसहरु सोध्ने गर्छन्, एसोसियएसनमा त आकर्षण नै छैन कि के हो ?

यत्रो सदस्यहरु भएको एसोसिएसनको चुनावमा मात्र १२ हजार मतदाताहरु सरिक हुँदै छन् ।

पक्कै पनि एसोसिएसनको पूर्व नेतृत्वहरु सक्षम र आकर्षक कार्यक्रम दिन सक्थे, इन्जिनियरहरुको पेसागत हितको संरक्षण गरेका थिए भने, उनीहरुको सुखदुखको साथी बनेका थिए भने, आज मुलुकलाई पुनःनिर्माणमा अहोरात्र व्यस्त हुनु पर्ने यो संगठनको हालत यस्तो हुने थियो होला ?

अघिल्लो नेतृत्व कुनैले पनि सही काग गरेन त ?

गरेका केही उदाहरण पनि छन् । अपवाद जहाँ पनि हुन्छ भनेजस्तै, गएको २३ औं कार्यकारी र २९ औं कार्यकारी बामशक्तिहरुले जितेका थिए । उनीहरुले जिते पछि नमूना काम गरेर गएका छन् । पुल्चोकको आजको भवन उहाँहरुकै देन हो ।

तर काँग्रेस समर्थकहरु जति आए, काम हैन, आफ्नै नाम र बगलीमा दाम हाल्ने सोचमा मात्र आएको स्पष्ट देखिन्छ । नत्र यति लाजमर्दाे हुने थिएन ।

यो संस्थाबाट ऊर्जा र नेृतत्व प्रदान गर्नु पर्ने हो नि, तर यसले आस्थावान पेसाकर्मी इन्जिनियरहरुको संरक्षण गर्न नसकेकै कारण आज फ्रिल्यान्सर गर्दै आ–आफ्नै कन्सल्टेन्सी मार्फत् अनुसन्धान गरिरहेका कयौं विज्ञहरु एसोसिएसनसँग जोडिनै चाहदैनन् किन ?

ई महेन्द्र गुरुङले एसोसिएसनलाई समावेशी आधारमा संस्था विकास गर्नु पर्ने विधि दिएर जानु भो, तर काँग्रेसी नेतृत्वले २९ औंदेखि अहिलेसम्म त्यसको कार्यान्वयन समेत गरेको छैन ।

अब भन्नुस् कि हामी युवाहरुले एसोसिएसनमा आउनेहरुले एसोसिएसनलाई मागी खाने भाँडो मात्रै बनाए भनेर त्यसै भनेका हैनौं नि ।

कति टिम छन् मैदानमा ?

५ समूह छन् ।

जित निश्चित छ त ?

मैले अघि पनि भनिसके नि तपाईलाई, हामी परिवतर्नका एजेन्डाहरु सहित मैदानमा छौं । एसोसिएसनमा आजको माग भनेकै परिवर्तन हो । परिवर्तन सबैलाई चाहिएको छ ।

प्रगतिशील तथा पेसागत हाम्रो समूहको नीति, कार्यक्रमलाई सबै सदस्य साथीहरुले दिएको सम्मान र यसप्रति दर्साएको सद्भावको जुन लहरै चलेको छ, यसले हामीलाई मतदानको दिनको परिणाम मात्र कुरी बसे हुने ठाउँमा पुराएको छ । जित सुनिश्चित छ । 

यसको मतलब मतदाताहरुकोमा पुग्ने, नखट्ने भन्ने होइन । हामीले प्रतिस्पर्धीहरुको क्याम्पहरु कब्जा गरिसकेका छौं । यसले हामीलाई उत्साही बनाएको छ ।

त्यसैले त हामीले भनेका छौं—

‘सबल, सक्षम र नीति सहितको युवा नेतृत्व हाम्रो युगको माग— भ्रष्ट र अदूरदर्शीहरु अब छिटै भाग’ भनेका छौं नि ।

 

 

.........

२५ भदौ, ०७३

प्रतिक्रिया

Related