जागिरको अवसर— महानगरपालिकामा ७० अधिकृतका लागि आवेदन खुल्यो

निर्माण सञ्चार, काठमाडौं । महानगरपालिकाले आफ्नो मातहत रहने गरी ७० अधिकृत पदमा आवेदन खुला गरेको छ । महानगरले सोमबार एक विज्ञापन प्रकाशित गर्दै आफू मातहतका विभिन्न समूहमा आवश्यक जनशक्तिको माग गरेको हो ।

प्रशानसतर्फ ५६ जना अधिकृत, लेखा समूहमा एक जना मात्रै, राजस्व समूहमा ३, र प्राविधिकतर्फ १० अधिकृतका लागि महानगरले आवेदन खोलेको हो ।

प्रशासनतर्फ ५६ अधिकृतमध्ये ३० जनाले खुला प्रतिस्पर्धा पाउने छन् भने बाँकी समावेशी कोटाबाट नियुक्त हुने महानगले बताएको छ ।

योग्यता के चाहिने ?

महानगरले जनाए अनुसार परीक्षामा सहभागी हुन स्नातक पास गरेको हुनु पर्ने छ भने उमेरका हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ ।

महिलाका हकमा भने ४० वर्ष ननाघेको हुनु पर्ने छ । प्राविधिक पदका लागि ४५ वर्ष सम्मको उमेर हद उसले बताएको छ ।

 

हेर्नाेस् पुरै विवरण—

 

.....................

२७ भदौ, ०७३

प्रतिक्रिया

Related