खुल्यो जागिर राष्ट्रिय वाणिज्य बैंकमा २४९ जनालाई

निर्माण सञ्चार, काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकमा २ सय ४९ जनशक्तिका लागि विभिन्न पदमा दरखास्त खुलेको छ । यसमा ‘प्लस टु’देखि स्नातकोत्तर उत्तीर्ण गरेकासम्मले आवेदन दिन पाउने उसले बताएको छ ।

आवेदन दिनका लागि ३० दिन अर्थात् असोज २८ गतेभित्र सिंहदरबार अगाडि रामशाहपथस्थित बैंकको केन्द्रीय कार्यालयमा दरखास्त बुझाउनुपर्ने छ ।

दोब्बर दस्तुरका लागि थप ७ दिनभित्र पनि आवेदन फारम बुझाउन पाइने बैंकले बताएको छ । यसका लागि बैंकको वेवसाइड www.rbb.com.np मा गएर क्यारियर नोटिसबाट समेत आवेदन फारम डाउनलोड गरी भर्न सकिने बताएको छ ।

फारम अनलाइनबाट डाउनलोड गरे पनि बुझाउन भने बैंकमै जानु पर्ने छ । यसको लिखित परीक्षा लोक सेवा आयोगले लिने छ । लिखित परीक्षाबाट उत्तीर्णहरुलाई मौखिक परीक्षा समेत लिइने बैंकले बताएको छ ।

सूचना यसप्रकारको छ—

..........

२८ भदौ, ०७३

प्रतिक्रिया

Related