तल्लो अरुण नदी । ऊर्जा र प्राकृतिक सौन्दर्यको दोभान ।

निर्माण सञ्चार । जसलाई लिएर देशमा राजनीति र विदेशीले आँखा लाउने गर्छन् । देश ऊर्जा अभावमा उद्योगधन्दादेखि राजधानी १२ घन्टे लोडसेडिङमा छ, यसको अनन्त ऊर्जालाई सदुपयोग गर्न सक्ने हाम्रो बुद्धिलाई सायद यही नदीले पनि धिक्कार गर्दाे हो ।

यही नदी, भारतले पनि आँखा गाडिरहेको छ । देशका राजनीतिक दलहरु यसमाथि पनि लडाई गरिरहेका छन् । कुनै पनि गोप्य सन्धी नगर्ने बताइरहेका प्रधानमन्त्री दाहालले तल्लो अरुण नदी पनि भारतलाई सम्झौता गरी सुम्पदै छन् भनी विज्ञहरुले विरोध गरिरहेका छन् । किनकि नेपालका आकर्षक र ठुला जलविद्युत् आयोजना भारतले बिसौं वर्षदेखि ओगट्ने र नबनाउने गर्दै आइरहेको अवस्थाले मानिसहरु भारतीय व्यवहार प्रति आक्रोसित छन् ।

फाइल तस्वीर ।

 

...........

३० भदौ, ०७३

प्रतिक्रिया

Related