सशस्त्र प्रहरी निरीक्षक र सहायकमा लौ खुल्यो है जागिर !

निर्माण सञ्चार, काठमाडौं । सशस्त्र प्रहरीले निरीक्षक र सहायक निरीक्षक पदमा ९० अधिकृतका लागि दरखास्त आवेदन खोलेको छ । बुधबार विज्ञापन प्रकाशित गर्दै ९० प्रहरी अधिकृतका लागि आवेदन माग गरेको हो ।

कुनमा कति जना ?

उसले ५४ प्रहरी निरीक्षक र ३६ सहायक प्रहरी निरीक्षकका लागि आवेदन मागेको हो । प्रकाशित सूचना अनुसार सशस्त्र तर्फ प्रहरी निरीक्षकमा २९ जनाले खुलातर्फबाट सेवा प्रवेश गर्न पाउने छन् भने त्यसमा महिला ५, आदिबासी जनजाति ८, मधेसी ७, दलित ३, र पिछडिएको क्षेत्रर अमरप्रहरी परिवारबाट १÷१ पदमा आरक्षण राखिएको छ ।

यस्तै सहायक निरीक्षकको खुला तर्फ १९ जना मागिएको छ । जसमा ३ महिला, ५ आदिबासी जनजाति, ५ मधेसी, २ दलित र १÷१ पद पिछडिएको क्षेत्र र अमेर प्रहरी परिवारको लागि कोटा निर्धारित छन् ।

योग्यता कति ?

सूचना अनुसार प्रहरी निरीक्षकका लागि स्नातक उत्तीर्ण गरेको हुनु पर्ने छ भने सहायक निरीक्षकका लागि प्रमाणपत्र तह वा प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ ।

यस्तो छ विज्ञापन—

 

 

............

५ असोज, ०७३

प्रतिक्रिया

Related