घरेलु तथा साना उद्योग काभ्रेको पर्व विशेष शुभकामना कार्यक्रम

निर्माण सञ्चार, काभ्रे । बडा दशैं लगायत नजिकिदै गएका नेपाली चाडहरु विशेष नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

विजया दशमी, दिपावली तथा छठ, रमजान जस्ता नेपाली पर्वहरुका अवसरमा जिल्ला समितिले आयोजना गरेको सो कार्यक्रममा अतिथिका रुपमा काभ्रे क्षत्रे नम्बर ३ का सभासद् कञ्चन चन्द्र बादे उपस्थित थिए भने पदाधिकार एवम् महिला समितिका पदाधिकारहरु बिच शुभकामना आदान प्रदान भएको थियो ।

सभासद बादले लघु घरेलु तथा साना उद्योगको हित अनुकूल राज्यको नीति निर्माणमा आफू लाग्ने बताएका थिए भने काभ्रे जिल्लालाई छुट्टै पहिचान भएको व्यावसायिक केन्द्र बनाउन आफू लागी पर्ने बताए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ वस्तुगत उपाध्यक्ष मोहन कटुवालले लामो समयको प्रतिक्षा पछि सरकारले औधोगिक ऐन २०७३ संविधान सभाबाट सर्वसममत पारित गरेको विषयमा व्यवसायीहरुलाई जानकारी गराएका थिए ।

ग्रिल तथा स्टिल्स व्यवसायी महासंघका अध्यक्ष समेत रहेका कटवालले कार्यक्रममा स्वागत गर्दै ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्पूर्ण उद्यमीहरु लाग्नु पर्ने बताए ।

उनले जिल्लाभरिका लघु घरेलु उद्यमीको पहिचान गीर महासंघका आबद्ध हुन र उद्यमीको प्रबद्र्धन मूलक कार्यक्रम तयार गरी अघि बढ्न उद्यमीहरुलाई आग्रह गरेका थिए ।

त्यस्तै, केन्द्रीय महिला उपसभापति श्री रोशनी उपाध्यायलले वित्तीय अधिकार र आर्थिक पहँुच नभएकै कारण महिलाहरु उद्यमी बन्न नसकेको बताएकी थिइन् ।

उपाध्यायले महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको व्यवस्था महासंघले गर्न लागिरहेको सन्दर्भ बताउँदै दुई हजार भन्दा बढी लघु घरेलु उद्यमी भएको काभ्रे जिल्लाका सबै व्सायीहरुको पहिचान गरी उनीहरुलाई महासंघमा आबद्ध गराउनका लागि काभ्रे जिल्ला संंघलाई आग्रह समेत गरेकी छन् ।

काभ्रे जिल्लाका अध्यक्ष श्री भवानी जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जोशीले काभ्रे जिल्लाका लघु घरेलु उद्योगहरुको प्रबद्र्धनमा सरकारले ध्यान दिनु पर्ने धारणा राखेका थिए ।

महिला समितिका सभापति श्री ईश्वरी बादेले जिल्ला भित्रका महिला उद्यमीहरुको हकहितको संरक्षण गर्दै महिला उद्यमीलाई समेत प्रोत्साहित गर्दैै विकास गर्नु पर्ने आवाज उठाएकी थिइन् ।

उद्योग गर्न चाहने महिलालाई आवश्यक तालिम प्रदान गर्ने नीति बनाउन समेत महासंघ पदाधिकारी समक्ष माग गरिन् ।

 

...........

१७ असोज, ०७३

प्रतिक्रिया

Related