युवा उद्यमशीलताका लागि युवा परिषद् र एनआरएनएको सहयात्रा— ‘हाम्रो प्रतिबद्धताले प्रतिफल दिने छ’

अध्यक्ष घले र उपाध्यक्ष ढुंगेलले भने— ‘युवा स्वरोजगारीमा केही त गरेरै देखाउँछौं, कम नआँकियोस्’
निर्माण सञ्चार, काठमाडौं । राष्ट्रिय युवा परिषद् नेपाल र विदेशस्थित नेपालीहरुको संस्था एनआरएनएको संयुक्त पहलमा नेपालमा युवा उद्यम सम्बन्धि विविध कार्यक्रम गर्ने सहमति सहित ५ बुँदे बोडे घोषणा पत्र जारी भएको छ ।
नेपाली युवाको पहिलो अन्तर्राष्ट्रिय सम्मेनलका रुपमा आयोजित असोज १५ र १६ गते भएको २ दिने कार्यक्रमको निष्कर्षका रुपमा युवा मन्त्रालय, राष्ट्रिय युवा परिषद् तथा गैरआवासीय नेपाली संघका प्रतिनिधिका बिचमा विभिन्न उद्यमशील कार्यक्रम सम्पन्न गर्ने गरी उक्त बोडे घोषणापत्र जारी गरिएको हो ।

एनआरएनएले विशेषगरी नेपालमा युवाहरुको सहमागितामा ‘खुला विश्वविद्यालय सञ्चालनका लागि, युवा उपयोगी सूचना प्रवाहका लागि कम्प्युटर एप्लिकेसन तयार गर्न, नेपालका विभिन्न क्षेत्रको सम्भाव्यता अध्ययन गरी लघु वित्तमा लगानी गर्न, देशका सातै प्रदेशमा सञ्चालन गरिने विभिन्न मेगा परियोजनामा लागनी गर्न, स्वास्थ्य शिक्षा, सामाजिक सुरक्षा, युवा नेतृत्व विकास जस्ता विविध पक्षमा एनआरएनए लगानी गर्न तत्पर रहेको उल्लेख सहित ५ बुँदे घोषणा पत्र जारी गरिएको हो 

सहमतिलाई जारी गर्दै परिषद् अध्यक्ष माधव ढुंगेल तथा एनआरएनए अध्यक्ष शेष घलेले संयुक्त रुपमा आफूहरु नेपालमा युवा केन्द्रित घोषित कार्यक्रमहरु समयमै सम्पन्न गर्न तयार रहेको बताएका हुन् ।

बोडेघोषणा पत्र जारी गर्दै एनआरएनएका अध्यक्ष घलेले भने, ‘हामी नेपाली युवाहरुलाई विदेश पठाउँदा पनि सीप र दक्षता सहित पठाउन भन्छौं, र नेपालमा फर्काएर उनीहरुको सीप, दक्षता र स्रोतलाई नेपालमै उद्यमशीलता विकासका लागि लगानी गर्न उत्प्रेरित गर्न चाहन्छौं ।’

नेपाल सरकार र एनआएरएनए बिचको लामो छलफल पछि सरकारले अघि सारेको राष्ट्रिय युवा नीति ०७२ र युथ भिजन २०२५ मा आधारित भई आफूहरु समेत नेपालमा युवा जनशक्तिलाई समृद्धिको अभियान उद्यमशीलतामा लगानी गर्न इच्छुक रहेको सन्दर्भ उठाउँदै अध्यक्ष घलेले युवा परिषद्को नीति र नेतृत्वको अठोटमा सहकार्य गर्न आफूहरु तयार रहेको समेत बताए ।

उनले भने, ‘हामी जारी घोषणा पत्र अनुरुप काम गर्न प्रतिबद्ध छौं, यसलाई अन्यथा नलिइयोस् ।’

परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेलले नेपाली युवाहरुको अन्तर्राष्ट्रिय सम्मेलन गर्नुको औचित्य, आवश्यकता समेत प्रकाश पार्दै नेपालमा युवा परिचालन विना समृद्धि सम्भव नभएको भन्दै दुई दिने सम्मेलनमा प्रस्तुत भएका विभिन्न ६ वटा फरक फरक विषय माथिको कार्यपत्र र छलफलको निष्कर्षका रुपमा बोडे घोषणा जारी गरिएको स्पष्ट पारे ।

नेपालमै युवा लक्षित उद्यमशीलताबारे केही गर्ने, विदेसिएका युवाहरुको सीप र दक्षतालाई समेत नेपालमै उद्यमशीलता विकास गर्न लगानी गराउने, ब्रेन ड्रेनका रुपमा विदेसिने नेपाली युवालाई स्वदेशमै आकर्षण दिन सक्ने उद्यम तथा सूचना केन्द्र सुरु गर्ने, एनआरएनएले स्वास्थ्य, शिक्षा, जलविद्युत्, इन्टरनेट सूचना प्रवाहमूलक कार्यक्रममा लगानी गर्ने जस्ता विविध विषयमा युवा तथा खेलकुद मन्त्रालयको रोहबरमा युवा परिषद् तथा एनआएनएका बिच द्विपक्षीय सहमति भएको छ ।

गुणस्तरीय तथा व्यावसायिक शिक्षा, रोजगारी र उद्यमशीलता, स्वास्थ्य र सामाजिक सुरक्षा, सहभागिता, परिचालन र नेतृत्व विकास र खेलकुद गरी ५ मुख्य बुँदाका विभिन्न उपबुँदामा केन्द्रित रही दुई पक्षीय सम्झौता भएको छ ।

जस अनुसार एनआरएनएले विशेषगरी नेपालमा युवाहरुको सहमागितामा ‘खुला विश्वविद्यालय सञ्चालनका लागि, युवा उपयोगी सूचना प्रवाहका लागि कम्प्युटर एप्लिकेसन तयार गर्न, नेपालका विभिन्न क्षेत्रको सम्भाव्यता अध्ययन गरी लघु वित्तमा लगानी गर्न, देशका सातै प्रदेशमा सञ्चालन गरिने विभिन्न मेगा परियोजनामा लागनी गर्न, स्वास्थ्य शिक्षा, सामाजिक सुरक्षा, युवा नेतृत्व विकास जस्ता विविध पक्षमा एनआरएनए लगानी गर्न तत्पर रहेको उल्लेख सहित ५ बुँदे घोषणा पत्र जारी गरिएको हो ।

युवा विकासका लागि क्षेत्रगत रणनीति तयार गर्ने कुरामा समेत केन्द्रित रही बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा एनआरएनएसम्बद्ध विभिन्न देशमा विभिन्न पेसामा संलग्न युवा प्रतिनिधिहरुको समेत गरी ३०० प्रतिनिधिहरु उक्त दुई दिने सम्मेलनमा सहभागी भएका थिए ।

यस्तो छ गैरआवासीय नेपाली संघ र राष्ट्रिय युवा परिषद् बिच भएको सहमतिका ५ बुँदे बोडे घोषणापत्र—


.

 

..........

१९ असोज, ०७३

प्रतिक्रिया

Related