अब महिनाभित्रै काठमाडौंमा फोहोरबाट बल्ने भो बिजुली !

निर्माण सञ्चार, काठमाडौं काठमाडौं महानगरपालिकाले काठमाडौंमा फोहरबाट बिजुली निकाल्ने प्रविधि जडानको काम अन्तिम चरणमा पुर्याौएको बताएको छ । उसका अनुसार अबको महिनाभित्र काठमाडौंमा फोहोरबाट बिजुली उत्पादन हुने छ ।

महानगरपालिकाले पहिलो पटक नेपालमा फोहोरबाट बिजुली निकाल्ने अभ्यास गर्न लागेको उसको भनाइ छ । उसले ‘नमूना प्लान्ट’ का रुपमा प्रयोगमा ल्याउन लागेको हो ।

यस अघि पनि विभिन्न अध्ययनले पुष्टि गरिसकेको तथ्य यो हो कि काठमाडौं उपत्यकामा जम्मा भएको र हुने फोहोरबाट स्थायी रुपमै बिजुली उत्पादन गर्न सकिने छ ।

यो यति सम्भव प्रविधि हो, जुन आजको वैज्ञानिक युगमा असम्भव भने होइन । तर, फोहोरबाट बिजुली र घरघरमै ग्याँसको पाइपलाइन पुराइदिने भन्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भाषणमा भन्दै गर्दा ठुलो आलोचना खेप्नु परेको थियो ।

महानगरपालिका र केही विज्ञहरुले नै ओली प्रधानमन्त्री रहेका बेला काठमाडौंको फोहोरबाट बिजुली र मिथेन ग्यास उत्पादन गरी भारत निर्भरतालाई कटौती गर्न सकिने प्रोजेक्ट नै सेयर गरेका थिए ।

काठमाडौं खाल्डोमा जम्मा हुने सबैप्रकारका जैविक फोहोरलाई बिजुलीमै परिवर्तन भने गर्न सम्भव पनि नरहेको विज्ञ बताउँछन् ।

उनीहरुका अनुसार फोहोरको व्यवस्थापनका लागि यस्तो प्लान्ट स्थापना गरेर प्रशोधन सहित गरिने फोहोरले मात्र इनर्जीको रुप लिने गर्छ ।

महानगरको ग्यास फर्मेसन भयो सफल

महानगरका अनुसार उसले नमूना परियोजनाका रुपमा स्थापना हुने बिजुली निकाल्ने प्लान्ट जडानको काम सकेको छ । अब मेसिन जडान मात्र बाँकी छ । त्यसका लागि भारतबाट मेसिन मगाइएको छ ।

बिजुली निकाल्ने मेसिन आएपछि त्यहाँ जैविक फोहोर हालिने छ । महानगरका प्रमुख कार्यकारी रुद्रसिंह तामाङले बताए अनुसार त्यसबाट ग्यास फर्मेससनको काममा सफलता मिलेको हो ।

उनले आफूहरुको अभ्यास सफल भएको भन्दै बताए, ‘प्लान्टमा जम्मा भएको ग्यास बलेको छ । यसले अब प्लान्टले योजनाअनुसार प्रतिफल दिनेमा म चै विश्वस्त छु ।’

तामाङ नेतृत्वको टोलीले फोहरबाट बिजुली निकाल्ने मेसिनको भारतमै पुगेर अवलोकन गरेर फर्किएपछि परियोजना अघि बढाएको थियो ।

विद्युत प्लान्ट भित्र्याउन राज एन्ड रिवाज नेपलीज वेस्ट कम्पनीले भित्र्याएको छ । भारतको इनिर्जी बीन नामक कम्पनीले निर्माण गरेको प्लान्टबाट बिजुली निकाल्ने तयारी छ ।

यो मेसिनको वारेन्टी ३ वर्षको छ । हाल बिजुली निकल्नैका लागि महानगरको ठुलो मेसिन किन्ने क्षमता नभएको भन्दै तामाङले डेमोको प्रयोगबाटै ठुलो काम गर्न सकिने बताएका हुन् ।

कसरी निकालिन्छ बिजुली फोहोरबाट ?

फोहोरबाट बिजुली निकाल्न कुहिनेखालका जैविक फोहरमात्रै प्रयोग गरिनेछ । काठमाडौंको टेकुस्थित फोहर स्टेसनमा जडान गरिने मेसिनले फोहरबाट पहिलो चरणमा बायो-ग्यास उत्पादन सुरु भएको छ ।

ग्यासबाट प्राप्त हुने शक्तिने नै बिजुलीको जेनेरेटर अर्थात टर्वाइनलाई चलाइनेछ । अहिले जेनेरेटर जडानको कामको तयारी गरिदै छ ।

अब जोडिने टर्वाइन चलेपछि प्लान्टबाट दैनिक १४ देखि २० किलोवाटसम्म बिजुली निकाल्न सकिने अनुमान महानगरले गरेको हो ।

महानगर फोहोरबाटै टेकुको सडकबत्ती र महानगरको कार्यालयमा उपयोग गर्ने योजनामा छ । परियोजनाका लागि १ करोड ८२ लाख रुपैयाँ खर्च लाग्ने कार्यकारी प्रमुख तामाङको भनाइ छ ।

परियोजना अन्तरगत दैनिक तीन टन जैविक फोहर प्रशोधन गरेर बिजुली निकालिने छ । छानिएको जैविक फोहरलाई सुरुमा मेसिनले धुलो बनाउनेछ । त्यसपछि फोहरलाई प्लान्टमा कुहाइनेछ ।

युरोपियन युनियनको सहयोग कुहिएको फोहोरबाट बायो-ग्यास निकालेर त्यसबाटै बिजुलीको उत्पादन गरिने छ ।

महानगरपालिकाले युरोपियन युनियनको सहयोगमा यो परियोजना नमूनाका रुपमा सञ्चालन गर्न लागेको हो । बिजुली निकाल्ने फोहोरका लागि महानगरका तोकिएका वडामा सर्वसाधरणको घरमै जैविक फोहर वर्गीकरण गर्न लागिएको छ ।

त्यही फोहर बिजुली प्लान्टमा प्रयोग गरिनेछ ।

राजधानीमा दैनिक कति फोहोर निस्कन्छ ?

उनका अनुसार राजधानीमा दैनिक जम्मा हुने फोहरमध्ये ६५ देखि ७० प्रतिशत कुहिने खालका हुन्छन् । फोहरका लागि वाषिर्क करोडौं रुपियाँ खर्च भइरहेको छ ।

महानगरले यो परियोजना सफल भए सबै जैविक फोहरबाट बिजुली निकाल्न प्रयोग गर्ने योजना बनाएको छ ।

यसको सफलताका लागि महानगरलाई शुभकामना, र प्रतीक्षा पनि ।

 

...........

१७ असोज, ०७३

प्रतिक्रिया

Related