ओलीको सपना— पाइपलाइनबाटै बल्यो ग्यास यसरी, अब सिलिन्डर विस्थापित !

निर्माण सञ्चार, निर्माण बहस । कात्तिक ५ गते उद्योग मन्त्री नवीन्द्रराज जोशीले यसरी पाइपलाइनबाट आएको प्राकृतिक ग्यास बालेर उद्घाटन गर्लान् भन्ने सायद कसैले सोचेको थिएन ।

पूर्ववर्ती सरकारमा रहँदा तत्कालीन प्रधानमन्त्री केपी ओलीले ‘घर घरमा ग्याँस पाइपलाइनबाटै बालिदिने र सिलिन्डर विस्थापित गरिदिने’ आफ्नो योजना सुनाउँदा उनलाई कतिले त आलोचना मात्र गरेनन्, बेवकुफ समेत भन्न भ्याए ।

आखिर उनले सरकार छाडेको ३ महिना नबित्दै काठमाडौंमा पाइपलाइनबाटै चुलोमा ग्यास बलेको छ । अब के भन्ने त, गाली गर्नेहरुले ?

आखिर, विज्ञान प्रविधिको यो युग यस्ता कामहरु गर्न असम्भव छैन भन्ने सायद मानिसलाई नलाग्नु नै अज्ञानता हो कि त रिस मात्रै गरेको हो ।

हावाबाट पनि बिजुली निकाल्न असम्भव छैन । तर तत्कालीन प्रधानमन्त्री ओली हावाबाट बिजुली निकाल्ने कुरा गर्थे, मानिसहरु उनका परियोजनालाई नै हावा बनाएर उडाउँथे !

यदि तपाई नेपालमा विकास किन भनेजसरी भएन भनी प्रश्न गर्नु हुन्छ, भने, यही चिन्तन विकास नहुनुको कारण हो भन्न पनि सक्नु हुने छ ।

कसरी बाले जोशीले पाइपलाइनबाटै चुल्हो ?

भारतले अघोषित नाकाबन्दी लगाएको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेको एउटा सपना हो, सिलिण्डर युगको अन्त्य र घरघरमा पाइपबाट ग्यास । यसलाई धेरैले हवादारी भने र ओलीलाई मजाकको पात्र बनाए ।

तर, ललितपुर इमाडोलमा शुक्रबार गरिएको एउटा परीक्षणले घरघरमा पाइप लाइनबाट ग्यास पुर्यामउन असम्भव छैन भन्ने देखाएको छ ।

भलै यो कहिले र कति नेपालीको घरघरमा पुग्ला अर्को प्रश्न हो । र, यसमा सरकारको कुनै ठोस योजना पनि बनेको छैन ।

यसरी बालियो पाइपबाट ग्यास

शुक्रबार दिउँसो करिब ३ बजेतिर उद्योगमन्त्री नविन्द्रराज जोशीको गाडी धुलो उडाउँदै इमाडोल पुग्यो । खनी तथा भूगर्भ विभागका कर्मचारी पाइपलाइनबाट आएको ग्यास चुल्होमा बालेर पत्रकारलाई देखाइदिए । दुनिया भो चकित ।

२७ वर्षअघि नै जाइकाले गरेको अध्ययनमा उपत्यकाका इमाडोल, तीनकुने, कोटेश्वर र त्रिपुरेश्वरसहित करिब २६ वर्गकलोमिटर क्षेत्रमा ३१ करोड घनमिटर ग्यास भण्डार रहेको देखिएको थियो । त्यस्तै २३ वर्ष अघि नै उपत्यकाबासीले जमिनमुनिको ग्यासबाट पकाएको भात खाइसकेका छन् 

उनी पुग्नु अघि नै सरकारी कर्मचारी, पत्रकारदेखि सुरक्षा प्रशासनको ठूलै भिड लागेको थियो । खुला चौरमा चार इन्चको पाइप लाडिएको छ । जहाँबाट पानी तानिएको छ । पानीसँगै ग्यास आउने भएकाले ८२ मिटरमा पम्प पाखिएको छ ।

त्यही पम्प भएर पानी सेप्रेसन च्याम्बरमा पुग्छ । त्यहीँ पानीमा मिसिएको मिथेनसहितका ग्यासलाई छुट्याइन्छ ।

सेप्रेसन च्याम्बरबाट पानी जत्ति आउट लेट हुँदै बाहिर जान्छ भने ग्यास पाइप लाइनबाट हुँदै अर्को फिल्टर मेसिन हुँदै प्लास्टिकको पाइपमा जान्छ ।

त्यसलाई फिल्डर प्रक्रिया पूरा गर्दै रिजर्ब वायरमा जम्मा गरिएको छ । त्यसलाई घरघरमा कसरी वितरण गर्ने भनेर पनि मोडल बनाइएको छ ।

अहिले तीनवटा घरधुरीमा पठाउन मिल्ने गरी मिटर जडान गरिएको छ । त्यसमध्ये एक मिटरबाट लगिएको पाइपलाई एउटा टहरोमा लगिएको छ र ग्यास चुलोमा जडान गरिएको छ । मन्त्री जोशीले त्यही ग्यास बालेर सञ्चारकर्मीहरुलाई देखाए ।

बाहिर निस्कँदै गर्दा मन्त्री जोशीले भने, ‘आज हामी फेरि सफल भएका छौं । जमिनमुनिको ग्यास पाइपबाट तानेर बालियो ।’

कसरी सम्भव भो ?

जापानको सहयोग नियोग जाइकाको सहयोगमा खानी तथा भूगर्भ विभागले सन् १९७८ मा नै काठमाडौंको जमिन मुनि रहेको प्राकृतिक ग्यासको अन्वेषण सुरु गरेको थियो । पछिल्लो समय भने ग्यास उत्खन्न परियोजनाको काम रोकिएको थियो ।

केपी ओलीले सुरु गरे, बल्यो अहिले

तर, तीन वर्ष अगाडिबाट ३५ लाख रुपैयाँको लगानीमा ड्रिलिङ सुरु भयो र एक वर्ष अगाडि काम सकियो । गत असोज ३ मा नयाँ संविधान जारी भएसँगै भारतले नाकाबन्दी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा चासो दिएपछि काम अघि बढ्यो ।

विभागले १५ लाखको लागतमा मेसिन जडान गरेर जमिन मुनिको ग्यास तानेर परीक्षण गर्दै आएको थियो । र, शुक्रबार उद्योगमन्त्री जोशी अझै ग्यास उत्खनन भएको स्थानमा पुगेर परीक्षण गरे ।

विभागका अनुसार यसअघि गरिएको परीक्षणमा भन्दा अहिले पानीमा ग्यासको मात्र न्यून भेटिएको छ । पहिलेको परीक्षणमा पानीमा ०.४ प्रतिशत मिथेन ग्यास मिसावट फेला परेको भएपनि अहिले भने ०.१५ प्रतिशत मात्र पाइएको छ ।

यद्यपि विभागले अहिले कुनै व्यवसायी योजना राखेर काम नगरेको मात्र परीक्षण गरेको जनाएको छ । जमिनमुनिको ग्यास रहेको कुरा नयाँ तथ्य भने होइन ।

२७ वर्षअघि नै जाइकाले गरेको अध्ययनमा उपत्यकाका इमाडोल, तीनकुने, कोटेश्वर र त्रिपुरेश्वरसहित करिब २६ वर्गकलोमिटर क्षेत्रमा ३१ करोड घनमिटर ग्यास भण्डार रहेको देखिएको थियो । त्यस्तै २३ वर्ष अघि नै उपत्यकाबासीले जमिनमुनिको ग्यासबाट पकाएको भात खाइसकेका छन् ।

०४० सालमै टेकु पचलीमा निकालिएको थियो यो ग्यास

०४० सालमा टेकुको पँचलीमा रहेको सानो प्लान्टबाट जापानको सहयोगमा ग्यास निकालेर सरकारी र स्थानीयको घरयासीमा प्रयोग भएको थियो ।

त्यो प्रयोग सफल भए पनि त्यसपछि भने थप ग्यास सम्भावनाको खोजी र उत्खननबारे ठोस पहल नै भएन । सरकारले ध्यान नदिएपछि नयाँ सम्भावनाको खोजी त परै जाओस, टेकुको प्लान्ट पनि बन्द भयो ।

सो प्लान्टका सामानहरु काम नलाग्ने अवस्थामा छन् /

भिडियो अनलाइन खबरबाट

६ कात्तिक, ०७३

प्रतिक्रिया

Related