महिला निर्माण व्यवसायीलाई पनि विदेश भ्रमणको अवसर— अन्तर्राष्ट्रिय निर्माण प्रविधि अवलोकन भ्रमणका लागि दुबई प्रस्थान

महासंघले महिला निर्माण व्यवसायीलाई पनि आत्मनिर्भर बनाउने धारणा अनुसार विदेश पठाएका हौं— महासचिव देउजा
निर्माण सञ्चार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघमा आबद्ध महिला निर्माण व्यवसायीहरुलाई पनि अन्तर्राष्ट्रिय स्तरका निर्माण प्रविधि अवलोकन गर्न विदेश भ्रमणको अवसर एफक्यानले प्रदान गरेको छ ।

संयुक्त अरब इमिरेट्सको दुबई सहरमा रहेका विभिन्न निर्माण आयोेजनाको अध्ययन अवलोकनको लागि नेपाल निर्माण व्यवसायी महासंघमा आबद्ध महिला निर्माण व्यवसायीहरुको टोली बिहीबार त्यस तर्फ प्रस्थान गरेको हो ।

‘आजको प्रतिस्पर्धी बजारमा महिला निर्माण व्यवसायीको समेत क्षमता विकास गर्नु पर्ने अवस्था छ । त्यसैले, महिला निर्माण व्यवसायीलाई पनि विदेश अवलोकन भ्रमणको अवसर दिएर उहाँहरुको क्षमता अभिवृद्धि गर्ने अवसर महासंघले प्रदान गरेको हो,’ महासचिव रामशरण देउजाले निर्माण सञ्चारलाई बताए ।

महासंघका कार्यसमिति सदस्य रमिला लामाको नेतृत्वको महिला निर्माण व्यवसायीहरुको टोली दुबई प्रस्थान गरेको एफक्यान सञ्चार सम्पर्क डेस्कले जनाएको छ ।

टोलीमा महासंघका महिला सदस्यहरु सरस्वती कार्की, देवकी राई, मनिकला राना मगर, लक्ष्मी कार्की बस्नेत, कोमल कुमारी बस्नेत, भगवती राई, महासंघ सचिवालयकी कर्मचारी राधिका थापा रहेका छन् ।

आफ्नो भ्रमणमा टोलीले भूकम्प पछिको पुनःनिर्माण र समृद्ध नेपाल निर्माणका लागि पूर्वाधार निर्माणले नै महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा नेपालमा अन्तर्राष्ट्रियस्रतको निर्माण टेक्नोलोजी कसरी भित्र्याउने र नयाँ प्रविधि परिचालनबारे निर्माणकर्मीहरुले समेत कसरी ज्ञान तथा सीप आर्जन गर्ने भन्ने विषयमा सरोकारवालाहरुसँग छलफल अन्तक्र्रिया गर्ने उद्देश्यले महिला निर्माण व्यवसायी टोलीले अन्तर्राष्ट्रिय भ्रमण गर्न लागेको टोलीकी संयोजक रमिला लामाले बताइन् ।

प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा महासंघका उपमहासचिव तथा प्रचार प्रसार संयोजक विष्णु बुढाथोकी, कार्यालय प्रमुख कृष्णबहादुर पोखरेल, जनसम्पर्क अधिकृत रामचन्द्र गिरीले बिदाई गरेका थिए ।

 

...........

१२ कात्तिक, ०७

प्रतिक्रिया

Related