हेभिइक्विप्मेन्टको महाधिवेशन-- अध्यक्षमा देखिए दुई प्रतिष्पर्धी

‘प्रथम ऐतिहासिक महाधिवेशन’को उद्घाटन राष्ट्रिय सभागृहमा हुँदै
निर्माण सञ्चार, काठमाडौं । देशका पूर्वाधार विकासमा चाहिने हेभी औजार सञ्चालन व्यवसायीहरुको एउटै मात्र छाता संगठनका रुपमा रहेको नेपाल हेभी इक्वीप्मेन्ट व्यवसायी महासंघको प्रथम ऐतिहासिक महाधिवेशन काठमाडौंमा हुनगइरहेको छ ।

अध्यक्ष कुँवरले थपे, ‘अहिलेसम्मको योगदानका हिसाबले सबै साथीहरु मलाई नै पहिलो महाधिवेशनबाट महासंघको नेतृत्व बहन गर्न भनिरहनु भएको छ, नेतृत्व माथि सबै साथीभाइले यथायोग्य दाबी गर्नु नराम्रो पनि होइन, हाम्रो बिचमा उच्च हार्दिकता र सहमतीय नेतृत्व नै आउने प्रवल सम्भावना रहेको कुरा म तपाईको सम्मानित सञ्चार माध्यमबाट सम्प्रेषण गर्न चाहन्छु 

स्थापनादेखि संघ हुँदै महासंघ बनेपछिको पहिलो महाधिवेशन हुन लागेको महासंघको प्रथम महाधिवेशन नजिकिदै गएपछि अध्यक्षका लागि तीव्र प्रतिस्पर्धा सुरु भएको हो ।

संस्थापक समेत रहेका वर्तमान अध्यक्ष ताराबहादुर कुँवरलाई एकथरी व्यवसायीहरु निरन्तरता दिने पक्षमा छन् भने, महासचिव रहेका प्रेमलाल श्रेष्ठ पनि आफूलाई अध्यक्षको आकांक्षीका रुपमा रहेका बताउँदै आएपछि प्रतिस्पर्धा देखिएको हो ।

दुई पक्ष र प्यानल बन्ने सम्भावना न्यून रहे पनि काठमाडौंमा रही भूमिका खेलिरहेका व्यवसायीहरु भने नयाँ नृतृत्वका लागि गठबन्धन समेत गर्ने तयारीमा रहेको महासंघको स्रोतले बतायो ।

‘सबै पदमा प्यानल बन्ने सम्भावना छैन । केही खास खास पदमा दाबी भए पनि नेतृत्व को बन्ने भन्ने नभई यो व्यवसायको भविष्य के हुने भन्ने कुरामा भिजन भएको नेतृत्व चयन गर्ने सोचमा प्रतिनिधिहरु रहेको बुझिन्छ,’ महासंघका एक प्रतिनिधिले निर्माण सञ्चारसँग बताए ।

त्यस्तै, महाधिवेशनबारे सोधिएको प्रश्नमा वर्तमान अध्यक्ष कुँवरले भने, ‘हामीहरु योग्यता, क्षमता, सिनियारिटी तथा योगदानका आधारमा अध्यक्षको उमेद्वार तयार गर्ने पक्षमा छौं,’ अध्यक्ष कुँवरले थपे, ‘अहिलेसम्मको योगदानका हिसाबले सबै साथीहरु मलाई नै पहिलो महाधिवेशनबाट महासंघको नेतृत्व बहन गर्न भनिरहनु भएको छ, नेतृत्व माथि सबै साथीभाइले यथायोग्य दाबी गर्नु नराम्रो पनि होइन, हाम्रो बिचमा उच्च हार्दिकता र सहमतीय नेतृत्व नै आउने प्रवल सम्भावना रहेको कुरा म तपाईको सम्मानित सञ्चार माध्यमबाट सम्प्रेषण गर्न चाहन्छु ।’

संगठित रुपमा १७ वटा जिल्ला संघ रहे पनि प्राविधिक रुपमा पेसामा रहेका ६० भन्दा बढी जिल्लाबाट करिब ३०० प्रतिनिधि यस महाधिवेशनमा सहभागी हुने प्रचार प्रसार विभाग प्रमुख महेशराज पौडेलले जानकारी दिए ।

महाधिवेशनमा पर्यवेक्षक, विभिन्न पेसागत व्यवसायी, आमन्त्रित अतिथि गरी ५०० बढी उपस्थिति रहने आयोजकको अनुमान रहेको छ ।

माहाधिवेशनको उद्घाटन यही २७ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा गरिने छ भने २८ गते बन्दसत्रबाट नेतृत्वको चयन गर्ने कार्यतालिका रहेको आयोजकले बतायो ।

कार्यक्रमको तयारी अन्तिम भइसकेको बताउँदै आयोजकले कार्यक्रमको भव्यताका लागि ८ वटा समिति समेत गठन गरेको छ । कार्यक्रमको उद्घाटन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले गर्दै छन् ।

बाँके संघमा गोविन्द सापकोटा

 महाधिवेशन पूर्व विभिन्न जिल्लाहरुमा संघ दर्ता तथा अधिवेशनहरु सम्पन्न भएका छन् ।

यसैबिच केही दिन अघि हेभी इक्विपमेन्ट संघ बाँकेको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको थियो ।

महासंघ केन्द्रीय अध्यक्ष अध्यक्ष ताराबहादुर कुवरद्वारा उद्घाटन गरिएको सो अधिवेशनमा जिल्लास्थित हेभिइक्विप्मेन्ट व्यवसायमा संलग्न व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बाँकेको नेपालगन्जमा भएको सो अधिवेशनबाट गोविन्द सापकोटाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति सर्वसहमतिले पारित गरिएको थियो ।

उपाध्यक्ष युवराज पौडेल, सचिव चक्रपाणि शर्मा कोषाध्यक्ष दीपेन्द्र शाही सदस्यहरुमा— शोभाकर शर्मा, डिल्ली आचार्य र कृष्ण राना रहेका छन् ।

 

..........

२६ कार्तिक, २०७३

प्रतिक्रिया

Related