हेभिइक्विप्मेन्टमा नयाँ नेतृत्व— अध्यक्षमा कुँवर, महासचिवमा उमाकान्त

नयाँ सोच सहित अघि बढ्ने संकल्प लिएका छौं— अध्यक्ष कुँवर
निर्माण सञ्चार, काठमाडौं । हेभिइक्विप्मेन्ट व्यवसायी महासंघको प्रथम महाधिवेशनले तारा बहादुर कुँवर अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ ।

'अबका दिनमा यसलाई अझै व्यावसायिक हितमा समर्पित गर्दै आउने पुस्ताका लागि नमूना नेतृत्व बन्ने मेरो सपना छ । भोलिका दिनमा झनै एक ढिक्का हेभिइक्विप्मेन्ट व्यवसायी तपाईहरुले पाउनु हुने छ भन्ने सन्देश तपाईको सम्मानित मिडियाबाट म सम्प्रेषण गर्न चाहन्छु ' कुँवरले भने 

पूर्वाधार विकासका लागि नभई नहुने औजार— डोजर, ब्याक्हो लोडर, स्काभेटर जस्ता ठुला औजार सञ्चालक व्यवसायीहरुको छाता संगठनका रुपमा रहेको हेभिइक्विप्मेन्ट व्यवसायीहरुको काठमाडौंमा भएको पहिलो महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको नवनिर्वाचित सचिव तथा प्रचार प्रसार विभागका महेशराज पौडेलले निर्माण सञ्चारलाई बताए ।

देशभरबाट लगभग २०० बढी प्रतिनिधिहरुले अध्यक्षमा कुँवर सहित वरिष्ठ उपाध्यक्ष— प्रेमलाल श्रेष्ठ, महासचिव– उमाकान्त शर्मा सहित सात जनालाई प्रादेशिक उपाध्यक्षमा चयन गरेको हो । त्यस्तै, कोषाध्यक्षमा सुरेश खत्री नै दोहोरिएका छन् भने बाँकी ३३ सदस्यहरु नयाँ कार्य समितिमा चयन भएका छन् ।

अध्यक्षमा निर्वाचित भएलगत्तै निर्माण सञ्चारसँग कुराकानी गर्दै अध्यक्ष कुँवरले  भने, ‘सर्वसहमतिको नेतृत्व पनि लोकतान्त्रिक अभ्यासको नमूना हो भन्ने सन्देश हेभिइक्विप्मेन्ट व्यवसायीहरुले दिएको छन् । हामी त्यस मानेमा पनि सफल भएका छौं । अबका दिनमा यसलाई अझै व्यावसायिक हितमा समर्पित गर्दै आउने पुस्ताका लागि नमूना नेतृत्व बन्ने मेरो सपना छ । भोलिका दिनमा झनै एक ढिक्का हेभिइक्विप्मेन्ट व्यवसायी तपाईहरुले पाउनु हुने छ भन्ने सन्देश तपाईको सम्मानित मिडियाबाट म सम्प्रेषण गर्न चाहन्छु ।’

महाधिवेशन २७ गते उद्घाटन भएको थियो भने नेतृत्व २८ गते नै सर्वसहमतिले टुंग्याएको हो । महासंघ महाधिवेशनको प्रायोजक भने जेसिबी रहेको थियो ।

— महाधिवेशनबारे यो पनि पढ्नुहोस्  

हेभिइक्विप्मेन्ट महाधिवेशन— सहमति भन्दै होमियो चुनावमा, आइतबार ८ बजेबाट प्रक्रिया सुरु

 ........

२९ कात्तिक, २०७३

प्रतिक्रिया

Related