सावधान नक्कली डाक्टरदेखि ! नामधारी डाक्टरका यस्ता छन् सक्कली अनुसार

निर्माण सञ्चार, काठमाडौं । काठमाडौं प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ । हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्ये डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ ।

त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ३६ जनालाई पक्राउ गरेको छ । एकैपटक १० वटा जिल्लामा अपरेसन चलाई सिआइबीले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गरेको हो । जसमा प्रतिष्ठित चिकित्सकसमेत छन् ।

उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दामा म्याद थप गरि आवश्यक कारवाही अघि बढाइएको छ । प्रहरीले काठमाडौंमा ८ पुरुष र ५ महिला गरी १३ जना पक्राउ परेका छन् । त्यसै गरी पक्राउ पर्नेमा पर्सा दोस्रो स्थानमा छ । त्यहाँबाट ९ जना पुरुष डाक्टर पक्राउ परेका छन् ।

यसैगरी चितवनबाट ३, ललिपुरबाट २, धनुषाबाट २ सुनसरीबाट १, झापाबाट एक र कास्कीबाट एक जना पक्राउ परेका छन् । ट्रमा सेन्टरदेखि नर्भिक अस्पतालसम्म नक्कली प्रमाणपत्रधारी डाक्टर पाइएका छन् ।

अनुसन्धानमा करिब १० प्रतिशत चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली भएको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवाल बताउछन् ।अहिले १७ हजार चिकित्सकको प्रमाणपत्रको आधिकारिकता जाँच गरिरहेका निर्देशक सिलवालले सुनाए ।

नक्कली डाक्टरका  विदेशी प्रमाणपत्र

पक्राउ परेका सबैले आइएस्सी र एमबिबिएस विदेशमा पढेका हुन् । केहीले बिहारका कलेजहरूमा आइएस्सी पढेको प्रमाणपत्रका आधारमा एमबिबिएस पढेका थिए । कतिपयले त एमबिबिएस पनि उत्तीर्ण नगरेको हुनसक्ने डिआइजी सिलवालको भनाइ छ ।

यसरी सुरु भयो अप्रेशन

चार महिना यता हामीले धेरै डाक्टहरुमाथि अनुसन्धान गरिरहेका थियौं । कुन कलेजमा पढेको छ, भन्ने आधारमा क्याटागोरी छुट्याएर हामिले अनुसन्धान गरेका थियौं । मेडिकल काउन्सिलमा उनीहरुले बुझाएको सर्टि्फिकेट सम्बन्धित कलेजले डुब्लिेकेट प्रमाणित गरेपछि हामी व्यक्तिलाई नियन्त्रणमा लिने निर्णयमा पुग्यौं ।

प्रमाण सबै जुटेपछि यी मान्छेहरुलाई चार्ज गर्न सकिन्छ, र चार्ज गर्दा केस स्थापित गर्न सक्छौं भनेर हामीले कस्टडीमा ल्याएका हौं निर्देशक सिलवाले सुनाए ।

यसरी सफल भयो आश्चर्यजनक अप्रेशन

गएको दुई महिनादेखी शंकस्पद एक सय जना डाक्टरहरुमाथी सिआईबीले अनुसन्धान गरिरहेको थियो । मेडिकल काउन्सिलको सर्टिफिकेटमा ठेगाना खुलेकाहरु आफ्नो ठेगानामा समस्या भएको थियो।

नक्कली सर्टिफिकेटधारी डाक्टरलाई मोवाईल, फेसवुक लगायतका माध्यमबाट खोज्दै प्रहरी उनिहरुको कार्यस्थल सम्म पुगेको थियो । ‘सबैको कार्यस्थल पत्ता लगाए पछि हामी अपरेशनमा गयौं’ लम्साल भन्छन ‘त्यसपछी सम्भव भयो आश्चर्यजनक अप्रेशन ।’

गत असार ३ गते विहान ८ बजे सिआईबीका प्रहरी अधिकारीहरु हरेक डाक्टर कार्यरत अस्पतालमा पुगिसकेका थिए, कतै बिरामी बनेर कतै डाक्टर भेट्ने निहुँ पारेर ! यसरी डाक्टरहरु कार्यरत स्थानमा पुगेका प्रहरीहरुलाई सिआइबी मुख्यालयले ‘ल समात्नु’ भन्नासाथ देशभरबाट एकसथा ३६ डाक्टर समातिए ।

नक्कली डाक्टरको नाम यहाँ छन्:–

प्रतिक्रिया

Related