केही मिनटले बाँचे ऋतिक रोशन

निर्माण सञ्चार, एजेन्सी । टर्कीको इस्तान्बुल अन्तर्राष्ट्रिय विमानस्थलमा आइएसबाट भएको आतंकवादी हमलामा बलिउड अभिनेता ऋतिक रोशन केही मिनेटले बाँचेका छन् । हमलाको केही समयअघिसम्म इस्तानबुल विमानस्थलमै रहेका ऋतिक त्यहाँबाट निस्कनेबित्तिकै आक्रमण भएको थियो ।

यो कुराको जानकारी उनी स्वयमले ट्वीट गर्दै दिएका छन् । ऋतिक रोशनले जुन समयमा इस्तान्बुल एयरपोर्टमा तीन आत्मघाती हमला भएको थियो, त्यो समयभन्दा केही मिनेटअघिसम्म आफू त्यहीँ रहेको बताएका हुन् । ऋतिक छुट्टी मनाउनका लागि इस्तान्बुल पुगेका थिए ।

ऋतिक आफ्ना छोरा रेहान र रिधानसँग स्पेन र अफ्रिकामा छुट्टी मनाउन गएका थिए । छुट्टी मनाएर उनी इस्तान्बुल एयरपोर्टबाट भारत आउने जहाजमा चढेको केही मिनेटमा त्यहाँ आक्रमण भएको थियो ।

१५ असार, ०७३

प्रतिक्रिया

Related