के हो प्रकोप ? कसरी डेन्जर छ नेपाल भूकम्पीय जोखिमबाट ? प्रकोप चेतना विस्तार अभियानबारे हेरौं निर्माण सञ्चारको बहस भिडियो

निर्माण सञ्चार, काठमाडौं । निर्माण जगत् केन्द्रित पहिलो मिडिया हो निर्माण मिडिया जुन ४ वर्षदेखि निर्माण बिम्ब पत्रिका र झन्डै एक वर्षदेखि निर्माण सञ्चार डट कम मार्फत् निर्माण जगत् विशेष पत्रकारिता गर्दै आइरहेको छ नेपालमा ।

नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र मात्र नभई विभिन्न प्रकोपयुक्त क्षेत्र पनि हो । कहालीलाग्दा प्रकोपबाट क्षति न्यूनीकरण गर्ने दिशामा हामी भन्छौ हरेक मानिसमा डिजास्टर अवेरनेस अर्थात् प्रकोप चेतना हुन अवश्यक छ ।

जुन चेतनाले मानिस आफैं प्रकोपबाट सुरक्षित हुन सिक्छ र अरुलाई पनि सुरक्षित बनाउन सक्छ । त्यस्तो चेतनाको सुरुवाता बाल्यकालिक शिक्षादेखि अनुसन्धान तहसम्म नै हुन आवश्यक छ न कि भूकम्प आएको बेलामा खाटमुनि लुकेपछि सुरक्षित होइन्छ भन्ने जस्तो मिसगाडिङ स्कुलिङबाट । त्यसैले निर्माण चेतना विस्तराका लागि हाम्रो निरन्तर बहस अभियानमा यहाँलाई हार्दिक स्वागत गर्दछौं ।

निर्माण सञ्चारको प्रकोप चेतना विस्तार अभियानका लागि असार २४ ०७२ मा प्रज्ञाप्रतिष्ठानमा आयोजित बहस सिरिजको ट्रेलर ।

२५ असार, ०७३

प्रतिक्रिया

Related