अष्टाबक्रको सहकारी तालिम सम्पन्न

निर्माण सञ्चार, काठमाडौं । अष्टाबक्र बचत तथा ऋण सहकारी संस्था र डिभिजन सहकारी कार्यालय काठमाडौंको संयुक्त आयोजनामा तीनदिने सहकारी व्यवस्थापन तथा सचेतना तालिम काठमाडौंको जोरपाटीमा सम्पन्न भएको छ ।

डिभिजनका अधिकृत लेखनाथ खतिवडाले प्रशिक्षण दिनुभएको तालिममा यांग्रीमा बचत तथा ऋण सहकारी संस्था, त्रिसुमा बचत तथा ऋण सहकारी सस्था, अर्नामेन्ट बचत तथा ऋण संस्था लगायतबाट २० जनाको सहभागीता रहेको आयोजकले निर्माण सञ्चारलाई बतायो ।

आयोजक अष्टाबक्र साकोसका अध्यक्ष ढुण्डीराज चालिसेले डिभिजनले आफ्ना कार्यक्रम सञ्चालन गर्दा हामी जस्ता अपांगता भएका व्यक्तिहरुको सहभागीतालाई उच्च प्राथमिकता दिई अपांगतामैत्री भौतिक पूर्वाधार भएका ठाउँमा उपलब्ध गराएमा त्यस्ता व्यक्तिहरु दक्ष र सक्षम भई सहकारीलाई नमुनाका रुपमा अगाडि बढाउन सक्नेछन् भन्दै आगामी दिनमा पनि डिभिजन सँग सहकार्य गर्ने अपेक्षा गरेका छन् ।

२४ गते देखि सुरु भई २६ गतेसम्म सञ्चालन भएको उक्त तालिममा सहभागीहरुले यस्ता तालिम गोकर्णेश्वर क्षेत्रका सहकारीलाई उपलब्धहुनु भनेको सहकारीलाई दुर्घटनाबाट बचाउनु हो भनेका छन् ।

अष्टाबक्र साकोस मार्फत यस्ता तालिम आगामि दिनमा पनि भैरहने अपेक्षा राख्दै सो क्षेत्रको एउटा सहकारी सुचना केन्द्र निर्माण गर्नको लागि सहकारी कर्मीहरु एकजुट हुनु पर्नेमा सहभागी प्रशिक्षर्थी पशुपति श्रेष्ठले जोड दिंदै तालिम फलदायी भएको बताए ।


२६ असार, ०७३

प्रतिक्रिया

Related