नेपाललाई अघोषित उपनिवेश बनाउन लेण्डुपहरू सक्रिय — रामकुमारी झाँक्री

एमाले नेतृ रामकुमारी झाँक्रीले नेपाललाई अघोषित उपनिवेश बनाउन केही लेण्डुपहरू सक्रिय भएको बताएकी छिन् । नयाँ सम्भावनाहरु सहित एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार अघि बढीरहेको बेला लेण्डुपहरु सक्रिय भएर सरकार ढाल्नेतिर लागेको उनको जिकिर छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै झाँक्रीले मुलुकको स्वाधिनता, राष्ट्रियता, सार्वभौमिकता र क्षेत्रिय अखण्डलाई अच्छुण प्रधानमन्त्री ओलीले खेलेको भुमिका गौरवपूर्ण रहेको उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘प्रधानमन्त्री हाम्रो पार्टीका अध्यक्ष क. केपी शर्मा ओलीले यो मुलुकको स्वाधिनता, राष्टियता , सार्वभौमिकता र क्षेत्रिय अखण्डलाई अच्छुण राख्न जे जति भुमिका र पहल गर्नु भयो त्यसबाट एकजना देशभक्त नागरीक हुनुको नाताले म गर्व गर्छु ।’ होस गरौ ! क्षितिज पारी कालो दिनको धब्दा देखिदैँछ उनले गैर राजनीतिक नेतृत्वको कसरत भइरहेको पनि दाबी गरेकी छिन् ।

सहमतिको नाममा दलहरू विचको सर्वसम्मत पात्र राजनितीक दल भन्दा बाहिरबाट खोज्ने दिन आउने खतरा रहेको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, ‘बहुमतिय होस वा सहमतिय तर नेपाली माटोको सुगन्ध नभुल । फेरी यस्तो दिन नआओस सहमतिको नाममा दलहरू विचको सर्वसम्मत पात्र राजनितीक दल भन्दा बाहिरबाट नखोजियोस् ।

होस गरौ ! त्यो कालो दिनको धब्बा क्षितिज पारि देखिदैँछ ।’ जनतालाई दिएको बाँचा भुल्नु भुल उनले मुख्य दलहरुले जनतासँग गरेको बाँचा भुलेको बताएकी छिन् । प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रधानमन्त्री भनेर चुनावमा गएको गए पनि बाँचा संबिधान निर्माणमा बाँचा भुलेको उनको भनाई छ ।

उनले लेखेकी छिन्, ‘२०६२/६३ को आन्दोलनको म्यान्डेट हामीले विर्सियौ, प्रत्यक्ष निर्वा्िचत कार्यकारी प्रधानमन्त्री, माथिल्लो सदन समानुपातिक समावेशी, प्रतिनिधि सभा प्रत्यक्ष निर्वा्चित र करीव ५ प्रतिसत थ्रेसहोल्ड भनेर हामी जनतासंग दोस्रो संबिधान सभाको चुनावमा गएका थियौ । जनतालाई दिएको बाचा विर्सनु हाम्रो भुल थियो । किन भने बिधि हामीले सहमति र सहकार्यको बनायौ तर हेरौ दलहरू विच भएको सहमति पोहोर साल कांग्रेसले तोड्यो ।

यस पटक माओवादीले, संसदीय राजनितीमा एउटा मात्र दल ईमान्दार भएर हुदोरहेछ ।’ वक्त्तव्य बाजी होइन प्रक्रियामा जाऊ उनले माओवादीलाई वक्त्तव्य बाजीमा होइन प्रक्रियामा जान सुझावब दिएकी छिन् ।

‘माओवादीले सरकारलाई दिएको समर्थन संसदीय पद्दती अनुसार फिर्ता गरोस् ।निला प्लेटको गाडीहरू बिच स्याम्पेन छर्कदै बक्तब्य बाजी गरेर होईन । संसदीय मर्यादा र लोकतान्त्रिक पद्धतीसँग बाटोबाट आओस् नेकपा एमाले त्यसलाई बिधिसम्मत ढंगले फेस गरेर अगाडी बढ्न तयार छ’ उनको भनाइ छ ।

 

२९ असार, ०७३ 

 

प्रतिक्रिया

Related