नेपाल बैंकमा ८१ वटा पदमा जागिर खुल्यो [विज्ञापनसहित ]

निर्माण सञ्चार, काठमाडौं । नेपाल बैंक लिमिटेडमा सातौंदेखि चौंथो तहसम्मका ८१ वटा पदमा दरखास्त आह्वान गरेको छ ।

बिहीबार एक विज्ञापन प्रकाशित गर्दै पूर्ण सरकारी स्वामित्वमा रहेका नेपाल बैंकमा स्नातक तहदेखि स्नातकोत्तर तहसम्म उर्त्तीण गरेकाहरुले जागिरका लागि अवेदन दिन सक्नेछन् ।

नेपाल बैंकले एक उप—प्रवन्धक, ६ आइटी सहायक उपप्रवन्धक, ११ आइटी बरिष्ठ सहायक, ६३ जना सहायकहरुको माग गर्दै विज्ञापन गरेको हो ।

विभिन्न पदका लागि छुट्टा—छुट्टै योग्यता निर्धारण गरिएको छ ।

उप्रवन्धक र सहायक उपप्रवन्धका लागि एकवर्ष परीक्षण काल तोकिएको छ भने बरिष्ठ सहायक र सहायकहरुका लागि ६ महिना परीक्षण अवधि तोकिएको छ ।

आवेदन अबको १५ दिनभित्र दिन सकिनेछ ।

विज्ञापन हेर्नुस्

१३ साउन, ०७३

प्रतिक्रिया

Related