निर्माण व्यवासायी महासंघ तथा एमसिसीका पदाधिकारीहरुबीच अन्तरक्रिया

निर्माण सञ्चार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारी तथा अमेरिकी सरकारी निकाय, मिलिनियम च्यालेन्च कर्पोरेसन (एम.सि.सि) का पदाधिकारीहरुबीच राजधानीमा विहिबार अन्तरक्रिया सम्पन्न भएको छ ।
 
अन्तरक्रियामा नेपालको ऊर्जा र यातायातको क्षेत्रको विकासको लागि बृहत् योजना तर्जुमा गर्ने विषयमा छलफल भएको महासंघले जनाएको छ ।
 
अन्तरक्रियामा एम.सि.सिका प्रतिनिधि प्रभात गर्ग, सत्य थापा र महासंघको तर्फबाट प्रविधिक विज्ञ सल्लाहकार डा. विरेन्द्र राज पाण्डे, उपाध्यक्षहरु लक्ष्मण कुमार राना, निकोलस पाण्डे, तेज कुमार कुरुम्बाङ, नीतिगत उप–महासचिव बिष्णु बुढाथोकी, कोषाध्यक्ष रोशन दहाल कार्यासमिति सदस्य सुमन सुवेदी, तनँहु निर्माण व्यवसायी संघका अध्यक्ष बसन थापा, बरिष्ठ अपाध्यक्ष रत्न कुमार श्रेष्ठ, सचिव रामचन्द्र पौडेल, निर्माण व्यवसायी जनकराज तिमल्सिना लगायतका निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो ।
 
 
 
 
१४ साउन, ०७३

प्रतिक्रिया

Related