भूमिसुधार मन्त्री पाण्डेले दिने भए निर्माण व्यवसायी महासंघलाई तालिमका लागि जग्गा

पाण्डेलाई महासंघ प्रतिनिधि मण्डलको बधाई ज्ञापन
निर्माण सञ्चार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेलाई बधाई तथा शुभकामना दिएका छन् ।

अध्यक्ष शरदकुमार गौचन नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री पाण्डेलाई सोमबार उहाँकै कार्यकक्ष सिंहदरबारमा भेट गर्दै सफल कार्यकालको समेत शुभकामना दिएको हो ।

नेपालमै नामी निर्माण कम्पनी ‘कालिका कन्स्ट्रक्सन’का प्रमुख समेत रहेका पाण्डे महासंघका पूर्व द्वितीय उपाध्यक्ष समेत रहेका थिए ।

बधाई पछि महासंघ प्रतिनिधिलाई मन्त्री पाण्डेले गुणस्तरीय निर्माण दक्षता अभिवृद्धि गर्न तालिम भवनको आवश्यकता रहेको भन्दै तालिम भवनका लागि जग्गा मिलाउन प्रयत्न गर्ने बताएका छन् ।

महासंघ प्रतिनिधि मण्डलले निर्माण क्षेत्रका समस्याबारे अवगत गराएपछि मन्त्री पाण्डेले सो वचन दिएका हुन् । प्रेस संयोजनकर्ता रामचन्द्र गिरीले निर्माण सञ्चारलाई जानकारी दिए अनुसार निर्माण क्षेत्रको समस्याबारे राखिएको जिज्ञासामा नवनियुक्त मन्त्री पाण्डेले आफूले निर्माण क्षेत्रको विकास र उन्नतिका लागि जतिसक्तो राम्रो गर्ने वचन दिएका हुन् ।

निर्माण तालिम भवनका लागि जग्गा दिने

गुणस्तरीय निर्माण कार्यका लागि सुझाव समेत दिएका मन्त्री पाण्डेले सफल निर्माण व्यवासायका लागि उचित तालिमको आवश्यकता पनि रहेको भन्दै राम्रो तालिमका लागि उचित भवनको पनि आवश्यकता औंल्याएका थिए ।

सोही क्रममा मन्त्री पाण्डेले निर्माण व्यवसाय तालिम केन्द्रका लागि उपयुक्त ठाउँमा जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन् ।

भेटमा महासंघका मानार्थ सदस्यहरु जीपछिरिङ लामा शेर्पा र विष्णु शर्मा, सल्लाहकारहरु रमेश शर्मा, सुकुन्तलाल हिराचन, रामप्रसाद मैनाली, वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठ, उपाध्यक्षहरु निकोलास पाण्डे, भीमबहादुर साउद, रुद्र शर्मा, तेजुकमार कुरुम्बाङ र पेम्बा लामा शेर्पा, महासचिव रामशरण देउजा, उपमहासचिव विष्णु बुढाथोकी, केन्द्रीय सदस्यहरु हिरण श्रेष्ठ, ताराबहादुर कुँवर, रमिला लामा, शिवप्रसाद चौलागाई, प्रकाश आचार्य, लगायतको उपस्थिति थियो ।

 

३१ साउन, ०७३

प्रतिक्रिया

Related