मूल्यवृद्धिपछि उपभोक्ता मारमा

बनेपा :

इन्धन आपूर्ति नभएको मौका छोपी व्यापारीले उपभोग्य सामग्रीमा जथाभाबी मूल्यवृद्धि गरेपछि उपभोक्ता मारमा परेका छन् । उपभोक्ताले पसलपिच्छे खाद्य सामग्रीको मूल्यवृद्धि भएको उल्लेख गर्र्दै यसको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । ‘जथाभाबी मूल्यवृद्धि भयो भने हामी जस्ता गरिबका लागि सजिलो हुदैन’, बनेपाका स्थानीय लालकुमार श्रेष्ठले भने ।

तर व्यापारीले नेपाल–भारत नाकामा उत्पन्न तनावका कारण लुकिछिपी सामान पठाउँदा महँगो भएका कारणले उपभोग्य सामानमा मूल्यवृद्धि भएको जिकिर गरेका छन् । उद्योग वाणिज्य सङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष सुरकृष्ण वैद्यले मूल्यवृद्धि स्वभाविक भएको उल्लेख गर्दै ढुवानी भाडा पनि वृद्धि भएका कारण उपभोग्य सामानमा मूल्यवृद्धि भएको बताउनुभयो । उनले भने, ‘अहिले वीरगन्जबाट ल्याउने सामानको ढुवानी खर्च रु २० हजार बढेको छ ।’

काभ्रेपलाञ्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बजारमा नियमित अनुगमन भइरहेको जानकारी दिँदै कतिपय उद्योगलाई कारबाहीको दायरामा ल्याइएको बताए ।

बनेपास्थित न्यू चण्डेश्वरी खाद्य स्टोर्सका सञ्चालक अम्बिका तिमिल्सनाका अनुसार सबै किसिमका चामलमा प्रतिबोरा २००, खाने तेलमा प्रतिलिटर ३०, जिरामा प्रतिकिलो ५०, मैदा प्रतिकेजी ४००, चिउरामा ५ देखि १५ सम्म, दालमा ३० देखि ५० सम्म मूल्यवृद्धि भएको छ ।

रासस

प्रतिक्रिया

Related