प्यारी साथी... शाहरुखले मागे माफी

निर्माण सञ्चार, एजेन्सी । केही दिन अघि बलिउड अभिनेता शाहरुख खान र अभिनेतृ प्रीति जिन्टा सम्बन्धी माफी प्रकरण चर्चामा रह्यो । बडिउड अभिनेता शाहरुखले माफी नै माग्नु पर्ने कस्तो घटना परेछ भन्नेबारे धेरैले चासो पनि राखे ।

आफूजस्तै खुला र सफा मन भएका शाहरुखले यस्तो गल्ती गरे जसका कारण माफी माग्नु परेको थियो । कुरा के थियो भने, चलचित्र ‘दिल से’ १८ वर्ष पूरा भएको खुसीमा एउटा भिडियो सेयर गरेका थिए शाहरुखले ।

उनका साथमा मनिषा कोइराला र प्रीति जिन्टा पनि सँगै अभिनय गरेका थिए ।

दुर्भाग्य, उनले आफ्नी ‘प्यारी साथी’ प्रीतिको नाम भने छुटाएछन् । त्यो भिडियोमा प्रीतिको नभएको पाएपछि उनले प्रीतिसँग माफी मागे । माफी मात्र मागेनन्, फेरि अर्को भिडियो अपलोड गरे ।

जसमा प्रीतिसँगै अन्य कालाकारहरुको पनि नाम समावेश गर्न छुटाएनन् । स्मरणरहोस् प्रीति सहअभिनेत्रीको भूमिकामा अभिनित यो चलचित्रले दुई नेसनल अवार्डका र ६ फिल्म फेयर अवार्ड पाएको थियो, धेरैको मन जितेको थियो ।

 

 

Sorry @realpreityzinta. With corrected credits. Thanks.

A video posted by Shah Rukh Khan (@iamsrk) on

 

१० भदौ, ०७३

प्रतिक्रिया

Related