प्रतिष्पर्धा छ, चुनाव त मै जित्छु जस्तो लाग्छ— सभापतिका प्रत्यासी पौडेल

निर्माण सञ्चार ।

माहाधिवेशनको चाप र चटारोका बिचमा पनि शनिबार भएको बन्द सत्र समापन पछि पत्रकारहरु सँग बस्न भ्याए काँग्रेस कार्यबाहक सभापति रामचन्द्र्र पौडेलले । भोलिबाट मतदानमा प्रवेश गर्दै छ, दुई जनासँग प्रतिस्पर्धा छ त, भन्ने पत्रकारहरुको जवाफमा पोडेलले भने, ‘प्रतिष्र्धा त छ नै, तर मेरो प्रतिष्पर्धी देउवाजी हो, अरु होइन ।’

जितिन्छ त भन्ने प्रश्नमा पोडेलले भने, ‘चुनाव त मै जित्छु जस्तो लागिरहेको छ ।’

कसरी ?

प्रतिनिधि र कार्यकर्ताहरुले नै त्यसको मूल्यांकन गरिसकेका छन् । आफ्नो पार्टी हाँक्ने असल र वास्तविक क्षमता कस्तो हुनु पर्छ भन्ने उहाँहरुलाई थाहै छ ।’

बन्द सत्र सकिएपछि आफ्नो साथमा नेता प्रकाशमान सिंह सहित प्रस्तुत भएका पौडेलले सरकारबारे राखिएको प्रश्नमा भने कुनै प्रतिक्रिया नभएको जनाए ।

काँग्रेस सभापति पदका लागि पौडेल, देउवा र सिटौलबिच त्रिपक्षीय भिडन्त हुँदै छ ।

प्रतिक्रिया

Related