मुख धुँदा यी दश कुरामा ध्यान राखौं

निर्माण सञ्चार ।

मुख धुने काम दैनिकरुपमा पटक पटक गर्ने काम मध्ये पर्छ । तर हामीले दैनिक रुपमा पटक पटक मुख धुने क्रममा पटक पटक केही गल्तीहरु पनि गरिरहेका हुन्छौं । त्यसैले दैनिक पटक पटक मुख धुने बेला केही ज्ञान हुँदैन ।

त्यसैले दैनिक रुपमा मुख धुँदा यी कुराहरुमा ध्यान दिऔं–

१ अनुहारलाई हानी गर्ने क्लिनरको प्रयोग कहिल्यै पनि नगर्नुस् ।

२ अनुहार चाहिने भन्दा बढी नधुनुस् । यसो गर्दा अनुहारको त्वचामा असर गर्छ ।

३ ध्यान दिनुस्– जव अनुहार धुनु हुन्छ त्यतिबेला हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ ।

४ फेस वाश वा सावुन अनुहारमा धेरै बेरसम्म नगड्नुस् ।

५ अनुहार सफा गर्दा हतार नगर्नुस् । सँधै राम्रोसँग अनुहार सफा गर्नुहोस् ।

६ अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग नगर्नुस् ।

७ अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस् । अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ ।

८ अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनुस् ।

९ अनुहारमा लगाउने कुनै पनि उत्पादन किन्दा आफ्नो छालाको प्रकृति अनुसार विचार गरेर मात्र किन्नुस् ।

१० अनुहारमा मसाज गर्नु पनि राम्रो मानिन्छ । तर यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्नुस् ।

प्रतिक्रिया

Related