व्यवसायीको हितमा मेरो ध्यान जान्छ— अध्यक्ष बिस्ट

निर्माण सञ्चार,

काठमाडौं । हेभी इक्विपमेन्ट काठमाडौं संघको नयाँ कार्यसमितिलाई एक कार्यक्रमका बीच राजधानीको होटल क्वालिटी क्याफेमा स्वागत एवं अघिल्लो कार्यसमितिलाई विदाई कार्यक्रम सम्पन्न गरिएको छ ।

उत्तम विष्टको अध्यक्षतामा निर्वाचित काठमाडौंको नयाँ कार्य समितिले तारा बहादुर कुँवर अध्यक्ष रहेको अघिल्लो कार्य समितिलाई विदाइ गर्ने क्रममा आफूले पाएको जिम्मेवारीलाई उपलब्धिमुलक एवं बौध्दिक तरिकाले सम्पादन गर्ने बताएका छन् ।

कार्यक्रमकै बीचमा नव निर्वाचित अध्यक्ष विष्टसँग निर्माण सञ्चार डट कमका ऋषि खतिवडाले गरेको छोटो कुराकानीको सम्पादित अंश

संघलाई कसरी अगाडि बढाउने योजना छ ?

व्यवसायीहरुको हक र हितका लागि सम्पूर्ण व्यवसायीहरुलाई एकीकृत गर्दै लैजाने योजना रहेको छ । र यो व्यवसायमा रहेका कमी कमजोरी , विकृति विसंगतीहरुको अन्त्य गर्ने छु । संघप्रति आँच आउने कार्यहरु रोक्दै, राम्रा काम गर्ने व्यवसायीहरुलाई प्रोत्साहन गर्दै लैजाने योजना छ ।

अघिल्लो कार्यसमितिले गर्न नसकेको र तपाईंले तत्काल गर्ने काम केके हुन् ?

तत्काल मैले यो व्यवसायमा देखेको खाँचो र अघिल्लो कार्य समितिले गर्न नसकेको विमाको काम रहेको छ । व्यवसायी तथा अपरेटरहरुले काम गर्दै गर्दा हुने दुर्घटना तथा चुनौतीहरुको लागि जीवन विमा तथा निर्जीवन विमा तत्काल लागू गर्ने योजना हो । मेरो प्रयास व्यवसायीक हकहितकै लागि हो ।

संगठनको विस्तार सबै जिल्लामा पुगेको छैन यसमा तपाईंको पहल कस्तो रहन्छ ?

मुख्य त यो टिम वर्क हो । सबै जना मिलेर सहकार्य गर्नुपर्ने हुन्छ । विशेष गरी महासंघलाई नै मैले सघाउने छु ।

प्रतिक्रिया

Related