आजको भिडियो

निर्माण सञ्चार, काठमाडौं । भूकम्प मात्र प्रकोप होइन नेपालमा । बाढी पहिरो, आगलागी, चट्याङदेखि आँधीहुरी पनि प्राकृतिक प्रकोप नै हुन्, जसको चपेटामा छ नेपाल। भूकम्पी हिसाबले विश्वमै १० औं कमजोर क्षेत्रभित्र पर्छ नेपाल ।

भूकम्पले मानिस मार्दैन तर, मानिसले बनाएका भौतिक संरचनाहरु नै घातक बन्ने गरेको हामीलाई थाहै छ । भौतिक संरचना, हामीले बनाउने घर, पुलपुलेसो, बाटोघाटो आदि बनाउँदा कसरी प्रतिरोधी बनाउन सकिन्छ, भवन संहिता कसरी कार्यान्वयन गर्दा प्रतिरोधी भवनहरु बन्छन् भन्नेबारे यो भिडियो प्रभावकारी हुने छ ।

निर्माण मिडियाद्वारा निर्मित, सहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा यो निर्माण गरिएको हो ।

२० साउन, ०७३

प्रतिक्रिया

Related