यी दुईलाई दिपाश्रीको निर्देशन

निर्माण सञ्चार,

काठमाडौं । यही चैत ८ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘छक्का पञ्जा’ का कारण आजभोलि चर्चित कलाकार दिपकराज गिरीलाई निद्रा परेको छैन । चर्चित हाँस्य कलाकार भएपछि अभिनयबाट बढी फोकस हुँदा उनको शरीरको तौल ह्वात्तै बढेकाले यसपटक भने उनकै सहकर्मी दिपाश्रीले उनलाई माफ नगर्ने भएकी छन् ।

त्यसैले पनि चर्चित कलाकार दिपकराज गिरी अहिले आफ्नो तौल घटाउन लागिपरेका छन् । दिपाश्रीकै निर्देशनअनुसार उनले ८ केजीसम्म घटाउनुपर्ने रहेको छ ।

तर, चिन्ताको विषय के रह्योे अहिलेसम्म घटाउने प्रयास घटाउने प्रयासको क्रममा भर्खर १ केजी मात्रै घटेको दिपकले बताएका छन् ।

आखिरमा दिपकले आफ्नो तौल घटाउनुपर्ने कारण दिपकले भने— नेपाली चलचित्रमा नायिका प्रियंका कार्कीसँग नाच्नुपर्ने भएकोले मोटो शरीर लिएर नाच्न असहज हुने भएकाले अलिे अस्वभाविक देखिने हुँदा शरीरको तौल घटाउन लागिपरेको हुँ ।’

यता भने नायिका प्रियंकालाई आफ्नो तौल केही बढाउनका लागि दिपाश्रीले निर्देशन दिएका छन् ।

जस अन्तर्गत प्रियंका अहिले आफ्नो तौल बढाउन लागिपरेका छन् । तर पनि प्रियंकाको तौल जस्ता तस्तै रहेको देखिन्छ ।

जे भएपनि दीपाले दीपकलाई अहिले राम्रैसँग तह लगाएकी छिन् ।

प्रतिक्रिया

Related