प्रियंका र दयाहाङ एकसाथ

निर्माण सञ्चार,

काठमाडौं । नेपाली चलचित्रका चर्चित कलाकार दयाहाङ राई र चर्चित मोडल तथा नायिका प्रियंका कार्की अहिले हरेक ठाउँ वा स्टेजहरुमा सँगै देखिरहेका छन् । कार्यक्रम सुरु हुन एक घण्टा ढिलो भएपछि कलाकार दयाहाङ र नायिका प्रियंका शुक्रबार हुन लागेको एक कार्यक्रमको लागि निम्तो बाँड्दै थिए ।

कार्यक्रममा थुप्रै कलाकारहरु पनि उपस्थित भएका थिए तर दया र प्रियंका आफू उभिएको ठाउँमै उभिरहे । बुधबार फिल्मीखबर साप्ताहिकको वार्षिकोत्सव कार्यक्रममा बुधबार कार्यक्रम हलमा यो जोडी एकसाथ उभिरहेका थिए ।

फिल्मीखबरको वार्षिकोत्सव कार्यक्रम सकेपछि क्यामेरामा दया र प्रियंकाले अनौठो पोजमा तस्वीरहरु खिचाइरहेका थिए । फोटो खिचाउँदै गर्ने क्रममा प्रियंकाले आफ्नो टाउको दयाको काँधको राख्दै उनी प्रति ठूलो भरोसा भएको संकेत दिइरहेकी थिइन् ।

तर, दयाले भने अलि अप्ठ्यारो मानिरहेको देखिन्थे । सायद दया आफू विवाहित पुरुष भएका कारणले गर्दा पनि होला, आफू डुबिन्छ कि क्या हो भन्दै प्रियंकासँग पोजमा फोटो खिचाइरहेका थिए ।

फोटोग्राफरले फोटो खिच्ने क्रममा प्रियंकालाई अंंकमाल गर्न भन्दा दयाहाङले अलि असहज मानेपनि आफूहरुको सम्बन्ध गाढा भएको देखाउँदै अंकमाल गरेका थिए । तस्बिर खिचाइसकेपछि नायिका कार्कीले दयाको कपाल बिग्रिएको भन्दै सुमसुमाइन् ।

उनको कपाल मिलाइदिइन् । दयाहाङ र प्रियंका एकसाथ चलचित्र मात्र खेलिरहेका छैनन्, नयाँ योजनाका साथ अगाडि पनि बढिरहेका छन् । तर, यी दुइको निकटताले पनि गसिप बजारमा चर्चा खुबै पाउन थालेको छ ।

प्रतिक्रिया

Related