विद्यार्थी कार्ड डिस्काउन्ट नदिने र ग्याँस कालोबाजरी गर्नेलाई छाडिदैन— अध्यक्ष लामा

विद्यार्थी कार्डमा ८० प्रतिशत छुटको आन्दोलनको तयारी गर्दै अखिल
निर्माण सञ्चार ।

अखिलमा पहिलो महिला महासचिव र दोस्रो महिला अध्यक्षको पंक्तिमा उभिएकी कोसीपारी काभ्रेमा जन्मेकी अध्यक्ष नवीना लामा न्युज मिडिया र विद्यार्थी पंक्तिमा पपुलर नाम हो । २२ औं महाधिवेशनबाट भारी मतका साथ लगभग प्यानलै जितेर अध्यक्ष बनेकी लामा नेतृत्वको अखिल अहिले कालाबजारीया र भ्रष्टाचार विरोधी आन्दोलनमा होमिएको दाबी गर्छिन् । हुन पनि अखिलले अख्तियारमा विराट पेट्रोलवालाको अनुमति खारेजीको माग गरेको दुई दिन नबित्दै सरकारले उसमाथि ‘एक्सन’ लिइसकेको छ भने बजारमा ग्यासमाथि सञ्जालनै बनाएर गरिन थालिएको कालोबजारी भने रोकिएको छैन । कतै पुलिसकै संलग्नतामा ग्यास कालोबजारी त कतै प्रहरीले कालाबजारीलाई समातेका समाचार आएका छन् । यही सवालमा प्रश्न गर्दा अखिलले काठमाडौं केन्द्रित कालोबजारी नियन्त्रण टोली बनाएको लामा बताउँछिन् । गर्ला त अखिलले कालाबजारीलाई नाँगेझार ? लामा भन्छिन्, साथीहरुले यसरी पनि सोधेका छन्— ‘कतै तपाईं नै कालाबजारी गर्दै हुनुहुन्छ कि ! होस गर्नुस्, अखिलले पार्ला नाँगिझार !’ हेरौं निर्माण सञ्चार डट कममा लामासँगको सावाल—जवाफको संक्षेप—

१. के अखिलले कालाबजारी नियन्त्रणै गर्ला त ?

गर्छ । कालाबजारी नियन्त्रण कसरी गर्छ भने को को र कुन कुन गिरोह कालाबजारीमा संलग्न छन् तिनको पहिचान हुन नसकेर कालोबजारी रोकिएको छैन । हामी त्यसलाई खानतलासी गछौं र सम्बन्धित निकायलाई कालाबजारी सञ्जालमा रहेकाहरुको रिपोर्ट दिएर नैतीक दबाब पनि दिन्छौ कि सरोकारवाला निकायले पनि कारबाही गरोस् हैन भने हामी आफ्नै तयारी त छँदै छ ।

२. कस्तो तयारी ? भित्रभित्रै ‘माथिका’हरुको समेत मिलोमतो भएको उपभोक्ताको चर्काे गुनासो छ ?

माथिका न तलका । राष्ट्रिको कानुन भन्दा तल र माथि नेपाली नागरिकले बुझ्दैनन् । कसैलाई पनि छाडिन्न ।

३. कतै पुलिसले कालाबजारीलाई पक्रेको पनि छ, तर दुखका साथ भनौं ग्यास वितरकहरु सित त कहिँ कहिँ पुलिसकै मिलोमतो पनि भएको बुढानिलकण्ठका उपभोक्ताले प्रमाणित गरेका छन् । अब भन्नोस् तपाई कसकसलाई कारबाही गर्नु हुन्छ ?

राष्ट्र सेवक कर्मचारीले जनताको दैनन्दिनलाई यसरी 'ब्लाकमेलिङ' गर्लान् भन्ने त लाग्दैन भनौं । तर दक्षिण एसिया जस्तो राष्ट्रहरुमा यी ‘माथिका’ भन्ने जातले नै कानुन हातमा लिने र बर्दी भित्रै गलत गरेका भन्ने पनि नआएका हैनन् ।

नेपालका हकमा उपभोक्ता सचेत भइदिए त पुगि नै हाल्थ्यो । उपभोक्ता नै बढी तिरेर भने पनि किन्न थाले पछि कसरी रोकिन्छ कालोबाजरी भन्नुस् त ?

जहाँसम्म प्रहरीमा रहेकाहरु कसैको संलग्नता रहेछ भने पनि हामी त्यो निकायमाथि पनि ‘इन्भेस्टिगेसन’ गर्छौं । कहिँ कहिँ त प्रहरीले कालाबजारीवालालाई समातेको पनि छ, तर भान्सामै काम गरिरहेका आमादिदी बहिनीहरुको उजुरी पुलिस भन्ने पनि ग्यास कालाबाजरीयासँग मिलोपतो गर्छ भन्ने आएको मैले पनि पाएको छु ।

त्यसैले हामी राष्ट्र सेवक प्रहरी समेत आफ्नो पद र बर्दीको ख्याल गर्न सचेत गराउँदै अघि बढ्छौं भने बजारमा त पसल पसल गएर सर्च गरिन्छ कि कसले कसरी कालोबजारी गरेको छ भनेर । अनि ल्याउँछौं सत्य तथ्य बाहिर र गर्ने छौं सार्वजनिक ।

उस्तै परे अन द स्पोट कारबाही पनि हुन सक्छ । यो कालोबाजारी अति भो । विश्वमै भ्रष्ट र कालोबजारीको १ नम्बर देश बन्नै लाग्दा समेत हामी युवा हातमा दही जमाएर बस्न सक्छौं । दैनिकी गुजारा के हामी नेपालीको अधिकार हैन ?

४. कस्तो संयन्त्र बनेको छ त बजार अनुगमनको ?

अखिलले काठमाडौं केन्द्रित कालोबजारी नियन्त्रण गर्ने सर्च टोली बनाएको छ । सचिवहरुको कमान्डमा १० क्षेत्रमै विशेष कमिटी बनाई परिचालन गरिएको छ । दैनिक उपभोग्य वस्तु, इन्धन, ग्याँसदेखि तेल, दाल, चामल बिक्रीको समेत निगरानी र अनुगमन हुन्छ । बजार बुझ्न अखिललाई गरो पनि छैन किनकि ऊ आफैं उपभोक्ता विद्यार्थी हो ।

५. विद्यार्थीका कार्डमा पनि डिस्काउन्ट नदिनेहरुको अर्काे शोषण छ, तपाईहरु के हेरिरहनु भएको छ ?

यो कार्ड डिस्काउन्टका सवालमा पनि हाम्रो छलफल भएको छ । अब बसपार्कदेखि नाका नाकामा समेत हामी बसेर यात्रुहरुलाई सोध्ने छौं । उस्तै परे तत्काल उजुरीका लागि अखिल कार्यालयमै हेल्प डेस्क राख्ने र देशभरका हरेक स्थानीय कमिटीबाट खास खास नेताहरुको कमान्डो तयार गर्ने सोच बनिसकेको छ ।

हरेक बसपार्कमा हाम्रो निगरानीले २४ घन्टा कार्ड डिस्काउन्ट माथि भएको लापरबाहलाई नियन्त्रण गरिने छ /

६. लामाज्यू, के विद्यार्थी कार्डको पनि रातमा निस्क्रिय र दिनमा पनि १० देखि ४ बजेसम्म सक्रिय हुने भन्ने सम्झौता छ र ?

तपाईले सारै मार्मिक कुरा उठाउनु भो । हामी नेताहरु नै पनि बसमा चढेका बेला राति कार्ड डिस्काउन्ट छैन है भनिरहेको हुन्छ । देशमा तेल अभावदेखिका तथानाम समस्या हुँदा त बोल्न पनि सकिएन ।

तर अब सक्कली विद्यार्थीको कार्डमाथि यो रात र दिन अनि लामो दुरी र छोटो दुरी, दशैं र तिहार जस्ता जामा लगाउन दिइँदैन । अखिलले यसको ठाडो नियन्त्रण गर्छ ।

७. विद्यार्थी कार्डको उपयोगिता त सबै ठाउँमा खै त भएको ? हस्पिटलदेखि चिडिया घरमा समेत उस्तै छ हाल ?

यसको नियन्त्रण र नियमन गर्ने पनि जसले अधिकार प्राप्त गर्याे उसैले रहेछ । यो देशमा अरुले कस्ले कस्लाई गर्ने । जे होस् तपाईको मिडिया मार्फत् म भन्न चाहन्छु कि अब अखिल ८० प्रतिशत छुटको आन्दोलन गर्नेवाला छ ।

विद्यार्थी कार्डका लागि सरकारी निकायहरुमा ८० प्रतिशत छुटको हाम्रो आन्दोनले सबैलाई ठिक ठाउँमा ल्याउँछ ।

प्रस्तुति— ऋषि

प्रतिक्रिया

Related