गोविन्द केसी भर्सेस–गोपाल पराजुली, ‘न्याय बेपारी’ प्रधानन्यायाधीश विरुद्ध भन्दै अनसन बसेकै दिन अदालतबाट पक्राउ आदेश

निर्माण सञ्चार, काठमाडौं । अदालतको अवहेलना गरेका आरोपमा सर्वाेच्चले डा. गोविन्द केसीलाई पक्राउ गर्न आदेश दिएको छ ।

१४ औं पटक अनसन बसेको केही घन्टा नबित्दै अदालतले मानहानी मुद्दामा उनलाई पक्राउ गर्न आदेश दिएको होे । न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई मंगलबार बिहान ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको हो ।

डा. केसीको नाममा जारी भएको विज्ञप्ति र समाचारहरु हेर्दा अदालतको फैसलाविरुद्ध जनमानसमा भ्रम सिर्जना गरेको उनीमाथि आरोप छ ।

डा केसीले न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशविरुद्ध अमर्यादित, अशिष्ट र अवहेलनाजनक अभिव्यक्ति उल्लेख भएको पाइएको आदेशमा उल्लेख छ ।

आदेशमा भनिएको छ, ‘अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी २०७४र९र२५ गते विहान ९ बजे अदालतमा हाजिर हुन उपस्थित गराउनु भनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा लेखी पठाउनू ।’

डा केसी विरुद्ध सर्वोच्च प्रशासनले आफैं टिप्पणी उठाएर इजलासमा पेस गरेको थियो ।

सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौडेलले प्रतिवेदन तयार पार्दै इजलाससमक्ष पेश गरेका थिए। प्रशासनले पेश गरेको उक्त टिप्पणीमाथि आदेश गर्दै सर्वोच्च मंगलबार बिहान नौ बजे गृह मन्त्रालय मार्फत केसीलाई सर्वोच्चमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयको नाममा आदेश दिएको हो।

‘न्यायमा किनबेच’ गर्ने गोपाल पराजुली विरुद्ध अनसन

आजै मात्र डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै आमरण अनसन सुरु गरेका थिए । केसीले मेडिकल माफियाहरुको पक्षमा अदालतले न्यायको किनबेच गरेका आरोप लगाएका थिए ।

अदालतको आदेशमा निवेदनलाई फौजदारी दायरीमा दर्ता गर्न भनिएको छ ।

अनसन सुरु गर्नु अघि भएको पत्रकार सम्मेलन गर्दै डा केसीले काठमाडौं नेसनल मेडिकल कलेजबारे सर्वाेच्चले गरेको आदेशलाई लिएर न्यायाधीश शाहीको पनि आलोचना गरेका थिए ।

पत्रकार सम्मेलनमा उनले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र पराजुली माफियाको डन भएको आरोप लगाएका थिए ।

लगतै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले डा। केसीविरुद्ध अवहेलना मुद्दा हालेका थिए । न्यायाधीश शाहीकै इजलासले डा। केसीलाई पक्राउ गर्न आदेश दिएको हो ।

अदालतको आदेशको पूर्ण पाठ

 

...

सोमबार, २४ पुस, ०७४

 

प्रतिक्रिया

Related