डा. गोविन्द केसीलाई यसरी गरियो पक्राउ, अदालतमा ९ बजे गराइयो उपस्थित

निर्माण सञ्चार, काठमाडौँ | अदालतको अवहेलना मुद्दामा बयानका लागि डा. गोविन्द केसीलाई मंगलबार बिहान ९ बजे सर्वोच्च अदालत उपस्थित गराइएको छ ।

केसीले अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्चले सोमबार पक्राउ पूर्जी जारी गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

अदालतले दिएको आदेशलगत्तै डा. केसीलाई अनसनस्थलबाटै सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको हो ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का डीन नियुक्ति प्रकरणमा अदालतको फैसलाविरुद्ध डा. केसीले दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सर्वोच्चमा सोमबार रिट दायर भएको थियो ।

डा. केसीलाई पक्राउ गरेको विरोधमा उनका समर्थकहरुले भने मंगलबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

सो प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलगायत सहभागी छन् ।

पढौँ यो पनि

गोविन्द केसी भर्सेस–गोपाल पराजुली, ‘न्याय बेपारी’ प्रधानन्यायाधीश विरुद्ध भन्दै अनसन बसेकै दिन अदालतबाट पक्राउ आदेश

...

मंगलबार, २५ पुष ०७४ 

प्रतिक्रिया

Related