केसी रिहाइको माग गर्दै माइतिघरमा प्रदर्शन, बाबुराम देखि रविन्द्रसम्म सडकमा

निर्माण सञ्चार, काठमाडौँ | त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा.गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।

डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, पूर्व मन्त्री एवं कांग्रेस नेता गगन थापा, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, कलाकार, चिकित्सक सर्वसाधरण सहभागी छन् ।

प्रदर्शनकारीहरुले केसीको रिहाइको माग गरेका छन् ।

प्रधानन्यायधीश गोपाल पराजुलीले न्यायालयमा भ्रष्टचार संस्थागत गरेको आरोप लगाउँदै केसीले उनको राजीनामासहितको माग गरेर अनसन बसेका थिए ।

उनी अनसन बसेलगत्तै सर्वोच्च अदालतले केसीलाई पक्राउ गरेर मंगलबार बयानका लागि अदालत उपस्थित गराउन आदेश दिएको थियो ।

मंगलबार विहान ९ बजे डा केसीलाई अदालत उपस्थित गराइएको छ ।

...

मंगलबार, २५ पुष ०७४

प्रतिक्रिया

Related