बैंक ‘बग्लारी’ बढ्दो–४० लाख रुपियाँको हिनाबिनामा सिभिल बैंकका कर्मचारी पक्राउ

निर्माण सञ्चार, काठमाडौँ | सिभिल बैंकको बौद्ध शाखाका एक जना कर्मचारीलाई ४० लाख रुपियाँ हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले एसटु एसिस्टेन्ट पदमा कार्यरत महेश्वर डंगोललाई पक्राउ गरेको हो ।

बैंकले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैंकिङ कसुर अन्तरगत मुद्दा चलाइ उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

डंगोलले इन्टरनेट बैंकिङमार्फत् सो रकम आफ्नो खातामा जम्मा लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सीआइबीले न्यूरोडस्थित कृषि विकास बैंकमा भएको ५ करोड रुपियाँ हिनामिनाको समेत अनुसन्धान गरिरहेको छ ।

...

सोमबार, २४ पुष ०७४ 

प्रतिक्रिया

Related