१ अर्ब लगानीमा यसरी तयार हुँदैछ बुटवलदेखि पाल्पासम्म केवलकार ! (नमुना भिडियोसहित)

२ किमी लामो केवलकार मार्ग २०२० सम्ममा सञ्चालनमा ल्याउने लक्ष्य
निर्माण सञ्चार, काठमाडौँ । बुटवलको देउरालीदेखि पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन गरिने भएको छ ।

केबलकारको निर्माण आगामी बैशाखभन्दा अगाडिबाटै शुरु हुने सिद्धार्थ केवलकार कम्पनीले जानकारी दिएको छ ।

१ अर्ब लागतमा निर्माण गर्न लागिएको यो केबलकार २०२० को जनवरी सम्ममा सञ्चालनमा ल्याउने सिद्धार्थ केवलकारका संचालक राजेन्द्रसिंह गुरुङ बताउँछन् ।

करिब २ किमी लामो सो केबलकारको निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन बुटवल सामुायिक वन उपभोक्ता समिति सहमत भइसकेको छ ।

शनिबार आयोजित उपभोक्ता समितिको बैठकले समेत आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको संचालक गुरुङ्गले जानकारी दिए ।

यस केबलकारको निर्माणपछि प्रत्यक्ष रूपमा ६० जना र अप्रत्यक्ष रूपमा १ सय ५० जनाभन्दा बढीले रोजगारी प्राप्त गर्ने कम्पनीको दाबी छ ।

यो केवलकारमा ९० वटा डिब्बा रहने कम्पनीले जानकारी दिएको छ ।

केवलकारको लागि करिब ७ बिगाहा जग्गा आवश्यक पर्ने र सो जग्गा खरिदको लागि प्रक्रियासमेत अघि बढाएको गुरुङले जानकारी दिएका छन् ।

...

सोमबार २४ , पुस ०७४

प्रतिक्रिया

Related