एकैदिन समायोजन प्रभु बैंकसहित ५ कम्पनीको सेयरमूल्य

निर्माण सञ्चार, काठमाडौँ | नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकसहित ५ कम्पनीको सेयरमूल्य एकैदिन समायोजन गरेको छ ।

दुई कम्पनीको हकप्रद तथा तीन कम्पनीको बोनसपछि आईतबार सेयरमूल्य समायोजन भएको हो । प्रभु बैंक र लुम्बिनी विकास बैंकले जारी गर्न लागेका हकप्रदलाई समायोजन गरि नयाँ मूल्य निर्धारण गरिएको छ ।

सप्तकोशी र कञ्चन डेभलपमेन्ट बैंक तथा अपि पावर कम्पनीको गत आर्थिक बर्षको नाफाबाट वितरण गरेका बोनसलाई समायोजन गरि मूल्य कायम गरिएको छ ।

पाँचै कम्पनीको सेयर कारोबार समायोजन भएको मूल्यलाई आधार मानेर खुला हुनेछ ।

सोही आधारमा गत विहीबारसम्म कायम रहेका सेयरधनीले सम्बन्धित कम्पनीको बोनस तथा हकप्रद पाउनेछन् भने आइतबार समायोजन पछिको मूल्यमा सेयर किनेर सेयरधनी बन्नेले भने बोनस तथा हकप्रद पाउँदैनन् ।

...

सोमबार, २४ पुष ०७४ 

प्रतिक्रिया

Related