आगलागीबाट जुम्लामा एक युवकको मृत्यु: जुम्लामा आगलागीका ४ घटनाः भयो १६ लाख बराबर क्षति

निर्माण सञ्चार, जुम्ला । चन्दननाथ नगरपालिका–४ मालाभीड गाउँमा आगलागीबाट एक जना युवाको मृत्यु भएको छ ।

घर नजिकैको शौचालयमा राखिएको दाउरा र परालमा आगलागी हुँदा ४२ वर्षीय लक्ष्मीचन्द्र उपाध्यायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

आगलागीबाट मृत्यु भएका युवकको शव, तस्वीरः सागर परियार, जुम्ला ।

उपाध्याय शौचालय गएको समयमा एक्कसी आगलागी भइ शौचालय बाहिर आउन नपाउँदा मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरिक्षक डा तपनकुमार दाहालका अनुसार आगो नियन्त्रणमा लिइसकेपछि शौचालयमा हेर्दा उपध्याय मृतक अवस्थामा भेटिएका थिए प्रहरी, स्थानीय र नेपाली सेनाको प्रयासमा आगो नियन्त्रणमा आएको र आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट मृत्यु भएका युवाको लास कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोष्टमार्टम भएपछि दाहस्कार गर्ने तयारी भइरहेको प्रहरीले बताएको छ ।

जुम्लामा आगलागीका ४ घटनाः  भयो १६ लाख बराबर क्षति
 
मानवीय लापरवाहीबाट यो वर्षको हालसम्म जुम्लामा भएका अन्य चार आगलागी घटनाबाट १५ लाख ७२ हजार बराबरको भौतिक क्षति भएको छ ।
 
जसमा पातारासी गाँउपालिका ७ का डम्मर सिंह रावतको घरमा भएको अचानक आगलागीबाट ३ लाख ६० हजारको क्षति पुगेको हो । 

त्यस्तै चन्दननाथ नगरपालीका ७ का मकर बहादुर रावलको घरमा विद्युत् सट हुदाँ भएको आगलागीबाट ५ लाख १९ हजार, चन्दननाथ ४ का ठिन्ले लामाको घरमा पनि विधुत् सट हुँदा भएको लागलागीबाट ३ लाख ४३ हजार र तिला गाँउपालीका ३ का विष्णुऋषि भट्राईको घरमा अचानक भएको आगलागीबाट ३ लाख ५० हजारको क्षति पुगेको प्रहरीले जनाएको छ । 

नगरपालीकाको दमकल प्रयोगबिहिन

४० लाख बढी सरकारी रकम खर्चेर खरिद गरेको चन्दननाथ नगरपालीकाको दमकल प्रयोग विहीन भएको छ । दमकल खरिद गरेको दुई वर्ष यता सदरमुकाममै २ दर्जन बढी आगलागीका घटना घटेपनि दमकल भने कतै पनि प्रयोग भएको छैन ।    

चाहे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आगलागी प्रकरण होस् या अन्य कुनै पनि आगलागीमा दमकल प्रयोग नभएको हो ।
 
साँघुरो सडक र दमकल चालकको समस्या देखाउँदै आगलागीका घटनामा दमकल थन्किने गरेको छ । पूर्व सर्भे नगरी दमकल खरिद भएकाले प्रयोग विहीन भएको नगरपालिकाले जनाएको छ । 

 

 

 

 

 

...

सोमबार २४ , पुस ०७४

जुम्लाबाट सागर परियारको रिपोर्ट

प्रतिक्रिया

Related