पकेट क्षेत्रमै आलुले पाएन बजार

बजार व्यवस्थापनमा सरोकारवाला मौन
निर्माण सञ्चार, जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा आलुको पकेट क्षेत्र निर्धारण गरिएको छ । अन्य क्षेत्रभन्दा पातारासी गाउँपालिकामा पर्ने साविकका चार वटा गाविसले आलु खेतीलाई बढी प्रथापमकता दिने र उत्पादन पनि धेरै गर्ने भएकाले त्यस क्षेत्रलाई आलुको पकेट क्षेत्र मानिन्छ ।

पातारासीका स्थानीय अन्य खेतीभन्दा आलु खेतीतर्फ निकै आर्कषित छन् । पातारासी गाउँपालिका छुमचौर गाउँका झण्डै ५० घरधुरी कम्तीमा ५ क्वइन्टलभन्दा माथि आलु उत्पादन गरेका छन् ।

कडा परिश्रम गरी केही कमाउने आशाले उत्पादन गरिएको आलुले बजार नपाएपछि यहाँका आलु कृषक निकै चिन्तित भएका छन् ।

छुमचौरका तारा बहादुर बोहोराले यो वर्ष ७ क्वईन्टल आलु फलाएका छन् । तर बजार अभावलेले अहिले १ क्वईन्टल पनि विक्री हुन सकेको छैन् ।

कहिलेकाहिँ पैसाको अभाव हुँदा उहाँकी श्रीमती बिहानको कठयाङ्ग्रिदो जाडोमा सदरमुकाममा आलु बिक्री गर्न जान्छिन् । तर, बजारमा लगेको आलु कहिलेकाहिँ जस्ताको तस्तै फिर्ता ल्याउनु परेको लालसरी बोहोराको अनुभव छ ।

बिक्री भएपनि होटलवालाहरूले सस्तो लिने गर्छन् । आलु बिक्रेता लक्ष्मी विष्टले भनिन, ‘आलुको पकेट क्षेत्र पातारासीलाई भनिएपनि बजारीकरणको समस्या ज्यूको त्यू छ ।’

यहाँ आलु बोकेर सदरमुकाम आउनेहरुको त दैनिक भिड लाग्छ । त्यस्तै लक्ष्मी विष्टको घरमा पनि ४ क्वईन्टल आलु छ । सबै घरमै थन्कीएको छ ।

आलु धेरै भएपछि राख्ने ठाउँको व्यवस्थापन गर्न निकै समस्या भएको विष्टको भनाई छ । तरकारी, नास्ताको रूपमा सधैँ खादा आलुले पनि असर गरेका कारण अहिले खान छोडेको उनले बताइन । बजारमा पनि विक्री नहुँदा आलु कुहिने सम्भावना रहेको छ ।

बजारको अवस्थालाई मध्यनजर नगरी आलुका लागि पकेट क्षेत्र निर्धारण गर्दाको प्रत्यक्ष प्रभाव कृषकलाई परेको छ ।

दैनिक सदरमुकाम आलुका बोरा बोकेर आउने महिलाहरु कहिल्यै पनि आफूले तोकेको मूल्य पाउदैनन् । बजारमा प्रतिकेजी आलु  २० रुपिया मा बिक्री भईरहेको छ । उस्तै परे कहिले फिर्ता गर्नुभन्दा १५ रुपिया केजीमा पनि बच्ने गर्दछन् ।

अधिकांशको आलु घरमै थन्किएको छ ।

बजार व्यवस्थापनमा सरोकारवाला मौन

जुम्लाको उत्पादित कृषि उपजको बजारीकरणमा देखिएको समस्या समधान गर्न यहाँका सरोकारवालाहरु जिम्मेवार देखिँदैनन् ।

स्थानीय सरकार आएपछि स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा पहल हुने स्थानीयको आशा थियो । तर अहिलेसम्म कुनै गाउँपालिकामा संकलन केन्द्र राख्न सकिएको छैन् ।

पटक–पटक बजारीकरणको समस्या देखाउँदै समधानको बाटो खोज्न तथा संकलन केन्द्र राख्न ध्यानकर्षण गरेपनि सरोकारवालाहरु मौन देखिएका छन् ।

यता जुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष रामदत्त रावल सम्बन्धि पक्ष समक्ष स्थानीय तहले बजारीकरणको पहल गर्ने बताउछन् । बजारमा आएको तरकारीलाई व्यवस्थापन गर्न निमार्ण गरिएको संकलन केन्द्रलाई प्रभावकारी रूपमा संचलान गर्न आफू लाग्ने उनको आश्वासन छ ।

जुम्लाका सातवटै गाउँका विभिन्न क्षेत्रलाई स्याउ, आलु, तरकारी, सिमि, ओखर लगायत अन्य विषयमा पकेट क्षेत्र निर्धारण गरेपनि बजारीकरणको समस्या नहट्दा उत्पादित वस्तुले बजार पाएको छैन् ।

...

सोमबार २४ , पुस ०७४

जुम्लाबाट सागर परियारको रिपोर्ट

प्रतिक्रिया

Related