लेटरप्याड, लोगो, स्ट्याम्प र हस्ताक्षर कीर्ते गरेकाेप्रति काउन्सिलकाे घोर भत्र्सना (प्रेस–विज्ञप्तिसहित)

निर्माण सञ्चार, काठमाडौँ । परवानीपुर–१ बाराका सन्तोष पटेल नामका हिटलर दैनिकका पर्साका संवाददाताले नक्कली लेटरप्याड, लोगो, स्ट्याम्प र हस्ताक्षर कीर्ते कार्यमा सम्लग्न भएको भन्दै प्रेस काउन्सिल नेपालले प्रेस–विज्ञप्तिमार्फत घोर भत्र्सना गरेको छ ।

पर्साका संवाददाता पटेलले प्रेस काउन्सिल नेपालबाट बाराका विभिन्न पत्रपत्रिकाको अभिलेख लिएको भनी काउन्सिलको लेटरप्याड, लोगो, स्ट्याम्प, सूचना अधिकारीको हस्ताक्षर, नक्कली चलानीसमेत कीर्ते गरी बारा जिल्लाभरि गलत पत्राचार गरेको सम्बन्धमा प्रेस काउन्सिल नेपालको गम्भीर रूपमा लिएकाे छ ।

काउन्सिल बोर्ड बैठकले यस्तो कार्य फौजदारी अपराध भएको र यस्तो कार्य गर्नेलाई कानूनी कारबाही अगाडि बढाउने जानकारी प्रेस विज्ञप्तिमार्फत दिएको छ ।

पत्रकारबीचको अस्वस्थ प्रतिस्पर्धामा काउन्सिललाई दुरुपयोग गरिएकोप्रति प्रेस काउन्सिलले खण्डन गरेको छ । आफ्नो नामसमेत शुद्ध लेख्न नजान्ने सन्तोष पटेल नाम गरेका व्यक्तिले कीर्ते पत्रमा गलत सन्देश दिएबमोजिम २०७४/०८/०८ मा काउन्सिलमा कुनै पत्र दर्ता गराएको र २०७४ पुस ४ गते काउन्सिलबाट निजले कुनै सूचना लिएको रेकर्ड छैन ।

यसअघि पनि काउन्सिलको लेटरप्याड, लोगो, स्ट्याम्प, जिम्मेवार पदाधिकारी तथा अधिकृतको नाम र हस्ताक्षर कीर्ते गरी जनमानसमा भ्रम छर्ने कार्य गरिँदै आएको पाइएको जारी विज्ञप्तिमा उल्लेख छ ।

पटेलले कुनै पनि मितिमा काउन्सिलमा कुनै सूचना नमागेको र उनको नामबाट प्रचार गरिएको पत्रमा उल्लिखित काउन्सिलसँग सम्बन्धित सबै विवरण पूरै झूट भएको उल्लेख गरिएकाे छ ।


यसकारण, काउन्सिलले अामपत्रकार, जनसमुदाय तथा सरोकावालाहरूलाई जानकारी गराइ यस्तो आपराधिक कार्यको पहिचान गर्न सरोकारवाला पक्षलाईसमेत प्रेस–विज्ञप्तिमार्फत अनुरोध गरेकाे छ ।

 प्रेस–विज्ञप्ति

 

...

सोमबार, २४ पुस ०७४

प्रतिक्रिया

Related