सिमेन्ट र छडको मूल्य वृद्धिले कति पुग्याे घर बनाउने खर्च ?

कुन निर्माण सामग्रीकाे कति मूल्यवृद्धि ?
निर्माण सञ्चार, काठमाडाैँ । देश संघीयतामा गएसँग घर तथा सरकारी भवन तथा अपार्टमेन्टको निर्माण कार्य तीब्ररुपमा भइरहेको समयमा आकास्मिक सिमेन्ट र छडको मूल्यवृद्धि भएको छ ।

मुख्य निर्माण सामग्रीको मूल्य बढेपछि समग्र घर निर्माण लागत पनि बढेको छ। सिमेन्ट, छड, वालुवा र रोडाको मूल्यमा बृद्धि भएसँगै निर्माण लागत पनि बढेको हो ।

अस्वभाविक रुपले निर्माण सामग्रीको मूल्यवृद्धिपछि सञ्चार माध्यामले खुलेरै यसको बारेमा आवाज उठाइ खवरदारी गर्ने कार्यमा निर्माण सामग्री बिक्रेतालाई सहयोग गर्नुस् भन्दा पनि उत्पादकसँग सम्बन्ध बिग्रने डरले ‘इन्फरमेसन हाइड’ (जानकारी लुकाउने) गरेका छन् ।

यसै क्रममा परिचय नखुलाउने सर्तमा नेपाल निर्माण व्यवसायी महासंघका एक पदाधिकारीले पत्रकार सम्मेलनमा भने, ‘सरकारले नै उद्योगीसँग मिलेर कार्टेलिङ गर्यो यसको फाइदा उद्यमीले मूल्यवृद्धि गरेर लिइरहेका छन् ।’

सिमेन्टमा कति पुग्यो मूल्य ?

२०७४ पुस २३ गते समय ९५० रुपियाँबाट बढेर प्रतिबोरा १ हजार ५० पुगेको छ । सबैभन्दा महंगो मानिने ओपिसी सिमेन्टको मूल्यमा ब्रान्डका आधारमा फरक पाइन्छ ।

उक्त सिमेन्टको मूल्य अहिले ठाउँ हेरी ९ सय ८० देखि १ हजार ५० रुपियाँसम्म निर्धारण गरिएको छ ।

त्यसैगरी, अघिल्लो वर्ष पिपिसी सिमेन्टको मूल्य नै ९ सय रुपियाँ थियो भने अहिले प्रतिबोरा १ सयले वृद्धिभइ १ हजार पुगेको काठमाडौंका एक सिमेन्ट बिक्रेताले बताए ।

भारतबाट आउने क्लींकर र कोइलाजस्ता कच्चा पदार्थ विरगंजको रक्सौल बोर्डरको बन्दरगाहामा भारतीय स्थानीय बासीले प्रदुषणको बहाना बनाइ लोडअनलोड गर्न नदिएपछि भारतबाट आउने कच्चा पदार्थको अभावसँग भाउको वृद्धिले आकास छोएको छ ।

यससँगै, नेपालमै उत्पादन हुने क्लिंकरबाट उत्पादन हुने सिमेन्ट उद्योगले पनि मूल्य वृद्धिको बारेमा जवाफ दिन सकेका छैनन् ।

एक सिमेन्ट व्यवसायीले अप्रत्यक्ष रुपमा भने, ‘सबैले भाउ बढाउँदा हामीले पनि बढाउनै पर्यो । सबैले कमाउँदा हामीले पनि त कमाउनै पर्यो नी ।’

औपचारिकरुपमा कुनै पनि उद्योगले मूल्य नबढाएको भए पनि बजारमा स्वतस्फूर्त मूल्य घटबढ भइरहेको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवकुमार थापाको भनाइ छ।

छडको मूल्यवृद्धि कति ?

त्यस्तै, काठमाडौं लगायतका देशभर छडको मूल्य पनि ९ प्रतिशतले बढेको छ । सामन्यतया अघिल्लो समय प्रतिकेजी ७८ रुपियाँमा बारोबार भइरहेको डन्डीको मूल्य ७–१७ रुपियाँले वृद्धिभइ ८५–९५ सम्म कारोबार भइरहेको छ ।

बालुवा र गिट्टी ढुवानीमा किन हुन्छ अपारदर्शीता ?

बालुवा र गिट्टी निकासी तथा ढुवानी सम्मको खर्च एक टिप्परको १२ हजारमा भ्याट बिल काटिन्छ । तर, त्यही बालुवा तथा गिट्टी निर्माण स्थलसम्म पुग्दा २३ हजार देखि २७ हजार सम्म पुग्ने गरेको छ ।

बिल १२ हजारमा काटिन्छ तर निर्माण स्थानसम्म आइपुग्दा ज्याला र बीचमा बिचौलीयादेखि स्थानीय क्लबहरुलाई दिइने रकमले निर्माण स्थलसम्म आइपुग्दा २३ देखि २७ हजारसम्म पर्ने देखिन्छ ।

अघिल्लो वर्ष २३ हजारमा ढुवानी भइरहेको बालुवा र गिट्टी अहिले २७ हजार पुगेको भक्तपुरमा गिट्टी र बालुवाको व्यापार गर्ने रोजिन महर्जनले जानकारी दिए ।

अब इँटामा पनि हुँदैछ मूल्यवृद्धि

इँटाको भने मूल्यवृद्धि भएको छैन । अहिले इँटाको उत्पादन शुरु भएकोले श्रमिक ज्याला बढेको छैन । फागुनपछि श्रमिक ज्याला बढेपछि इँटाको पनि भाउ बढ्ने जानकारी भक्तपुरका एक इँटा उद्योगी रामधनी श्रेष्ठले जानकारी दिए ।

समग्रमा यसरी वृद्धि हुँदैछ घर बनाउने लागत

अहिलेको मूल्यवृद्धि अगाडि मंसिरसम्म बनेका घरको लागत ६० लाख पुग्थ्यो भने अब सिमेन्ट, छड, बालुवा, गिट्टीको भाउबढेपछि यस घरको लागत लगभग ६५ लाख जति पुग्ने देखिन्छ ।

सिमेन्ट, वालुवा र छडको लागत घर निर्माणमा २० प्रतिशत मान्ने हो भने पनि समग्रमा ७ प्रतिशत लागत बढ्ने देखिन्छ। केही निर्माण सामग्रीमा मूल्यवृद्धि भएपछि घर निर्माणमा लाग्ने सम्पूर्ण लागतमा प्रभावित हुने देखिएको छ।

...

बुधबार, २६ पुस ०७४

प्रतिक्रिया

Related