‘सुनै सुनको वर्षा रानीहारसँगै विदेश यात्रा’ बम्पर विजेता घोषित

निर्माण सञ्चार, जुम्ला । महिन्द्रा टु ह्वीलरको ‘सुनै सुनको वर्षा रानीहारसँगै विदेश यात्रा’ योजनाद्वारा प्रदान छ ।

उक्त लक्की ड्रबाट विजेता कल्पना दाहाल र मन्जु खरेलले थाइल्याण्ड भ्रमण गर्ने अवसर पाएका छन् ।

आधिकारीक वितरक अग्निमोटो इन्कले दसैं, तिहार तथा छठ चाडपर्वको अवसरमा ‘सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा’ योजना प्रस्तुत गरिएको योजना अन्तर्गतको लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्रदान गर्दै आइएको थियो भने बम्परमा २ परिवारलाई थाइल्याण्डको भ्रमण गर्ने अवसर प्रदान गरिएको थियो ।

यस योजना अन्तर्गत थाइल्याण्ड भ्रमणको लागि बम्बर विजेता कुपन नं ९९७ हेटौंडाका कल्पना दाहाल तथा कुपन नं ००१ वितामोडका मन्जु खरेल बनेका छन् ।

उनीहरुका परिवारले परिवारले ५ दिन ४ रातको प्याकेजसहित बैंकक भ्रमण गर्न पाउने छन् ।

यसैगरी, कुपन नम्बर ९४९ रहेका दलबहादुर खत्री १५औं दिनको अन्तिम रानीहार विजेता बनेका छन् ।

यस लक्की ड्र बम्परको घोषणा महिन्द्रा टु ह्वीलरको अफिसियल फेसबुक पेजमा महिन्द्रा एण्ड महिन्द्रा नेपालका कन्ट्री म्यानेजर आशिष जोशीले गरेका हुन् ।

...

बुधबार, २६ पुस ०७४

प्रतिक्रिया

Related