विद्युत् बेच्ने सामुदायिक संस्थाको नै यस्तो छ कर्तुत ?

निर्माण सञ्चार, काठमाडौँ | देशका ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युत् पुर्याउने जिम्मेवारी लिएका सामुदायिक वितरक संस्था पछिल्लो समय चोरीमा संलग्न हुन थालेको तथ्य फेला परेको छ ।

यी संस्थाले नेपाल विद्युत् प्राधिकरणको थोक मिटरबाट तार झिकेर सोझो लाइन तानी ग्राहकलाई वितरण गर्ने गरेका हुन् ।

पछिल्लो समय चोरीमा संलग्न बारा कलैयाको दुर्गा भगवती सामुदायिक विद्युत् वितरण संस्था समातिएको छ ।

हेटौडा क्षेत्रीय कार्यालय र कलैया वितरण केन्द्र तथा सुरक्षाकर्मीले मंगलबार (पुस २५ गते) चोरी समातेको थियो ।

प्राधिकरणले विद्युत् दिन राखेको थोक मिटरको तार छुटाएर उक्त संस्थाले आफ्ना ग्राहकलाई वितरण गरेको केन्द्र प्रमुख धुपेन्द्र झाले बताए ।

‘महसुल उठेन र चुहावट पनि बढ्यो, यसबाट प्राधिकरणलाई दोहोरो घाटा भएको छ,’ उनल भने, ‘क्षतिको मूल्यांकन गरी संस्थालाई कारबाही गरिनेछ ।’

बाराको सुवर्ण गाउँपालिका कबहीगोठ टोलमा उक्त संस्थाले सय केभिए ट्रान्सफर्मरको थोक (मुख्य) मिटरलाई बाइपास गरी चोरी गरेको थियो ।

प्राधिकरण टोलीले उक्त मिटर खोलेर ट्रान्सफर्मरबाट आपूर्ति कटौती गरेको छ ।

...

बुधबार, २६ पुष ०७४ 

प्रतिक्रिया

Related