सनराइज बैंकको १८ औँ शाखारहित बैंकिङ्ग सेवा विस्तार

निर्माण सञ्चार, जुम्ला । सनराइज बैंक लिमिटेडको १८ औँ शाखारहित बैंकिङ्ग सेवा मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाँउपालिका– ४, फाखेलमा विस्तार गरेको छ ।

बैंकको सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा सेवा पुर्याउँदै जाने उद्देश्यका साथ १८ औँ शाखारहित बैंकिङ्ग सेवा मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाँउपालिका– ४, फाखेलमा शुरू गरेको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ईन्द्रसरोवर गाँउपालिका अध्यक्ष श्री जीवन लामाज्यूले एक समारोहका सार्वजनिक गरेका हुन् ।

सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि श्री धनवीर स्याङतानलाई पोइन्ट अफ सेल मेसिन, श्री जीवन लामा र बैंकको फर्पिङ्ग शाखाका प्रबन्धक श्री गोेविन्द महर्जनले संयुक्त रुपमा हस्तान्तरण गरे ।

साथै, सनराइज बैंकको फर्पिङ्ग शाखाका प्रबन्धक श्री गोविन्द महर्जनले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्देश्य बारे प्रष्ट पारे ।

पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने महर्जनले जानकारी दिए ।

बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई शाखारहित बैंकिङ्ग सेवामार्फत भएपनि बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको जनाएको छ ।

...

बुधबार, २६ पुस ०७४

प्रतिक्रिया

Related