दुई लाख ‘टेम्प्रोररी प्रोटेक्ट स्टेटस’ आप्रवासीलाई अमेरिका छाड्न ट्रम्पको आदेश

निर्माण सञ्चार, काठमाडौँ । ट्रम्प प्रशासनले दुई लाख आप्रवासीलाई अमेरिका बस्ने र काम गर्ने अनुमति रद्ध गरिदिएको छ ।

मध्यअमेरिकी देश एल साल्भाडोरका २ लाख मानिसहरुलाई अमेरिका बस्ने र काम गर्ने अनुमति रद्ध गरिएको हो ।

सन् २००१ मा एल साल्भाडोरमा लगातार भूकम्प आएपछि मानवतावादी कार्यक्रम अन्तर्गत ‘टेम्प्रोररी प्रोटेक्ट स्टेटस’ (टीपीएस) दिइएको थियो ।

अहिले भने ट्रम्पको प्रशासनले एल साल्भाडोरका मानिसहरुलाई अमेरिका छाड्न सन् २०१९ सम्मको समयसीमा दिइएको छ ।

सो अवधिभित्र फिर्ता नभएमा पक्राउ गरी आवश्यक कारबाही गर्ने चेतावनी ट्रम्प प्रशासनले दिएको छ । अमेरिकाले यसअघि हैटी र निकारागुआका हजारौं मानिसहरुको टीपीएस सुरक्षा फिर्ता लिएको थियो ।

डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै अमेरिकामा आप्रवासीलाई रोक्ने जस्ता विभिन्न अभिव्यक्ति दिँदै आएका थिए ।

सन् १९९० मा सुरु गरिएको एक कार्यक्रममार्फत विभिन्न देशका प्रवासीहरुलाई कानुनी रुपमा अमेरिकामा बस्ने र काम गर्ने अधिकार दिने प्रक्रिया टिपिएस हो ।

कानुनी वा गैरकानुनी रुपमा अमेरिका बस्नेहरुलाई यस कार्यक्रअन्तर्गत राखिन्छ । यो अधिकार सशस्त्र संघर्ष, प्राकृतिक विपत्ती या महामारीबाट प्रभावित भएका देशका मानिसलाई दिने गरिन्छ ।

अमेरिकामा एल साल्भाडोरका दुई लाख प्रवासी छन् । टीपीएस पाउने यो सबैभन्दा ठूलो समूह हो ।

राष्ट्रपति जर्ज डब्लु बुशले यो कानुन ल्याएपछि हालसम्म अमेरिकामा १० देशका तीन लाख प्रवासीलाई टीपीएस सुरक्षा दिइएको छ ।

...

मंगलबार, २५ पुस ०७४

प्रतिक्रिया

Related