निजगढ विमानस्थलमा जहाज ल्याण्ड गर्न भारतको स्वीकृति किन ?

अनुमति नदिँदा विमानस्थलको निर्माणकै औचित्यमाथि प्रश्न उठ्ने !
निर्माण सञ्चार, काठमाडौँ | निर्माणधिन निजगढ विमानस्थलमा जहाज ल्याण्ड गर्न भारतले स्वीकृति दिनुपर्नेमा हालसम्म स्वीकृतिको संकेत नआएको नेपाली सेनाको उच्च स्रोतले जानकारी दिएको छ ।

भारतको स्वीकृति नपाएसम्म निजगढमा जहाज ल्याण्ड गर्न नपाइने एक सैनिक अधिकारीले बताए ।

धनगढी, भैरहवा हुँदै चन्द्रगढीसम्मका विमानस्थलमा भारतीय भूमि भएर विमान उड्न अझैसम्म अनुमति नपाइएको उनको भनाइ छ ।

स्रोतका अनुसार भारतले सुरक्षाको कारण देखाउँदै आफ्नो आकाशमा नेपाली विमानलाई उडानको अनुमति नदिने गरेको हो ।

त्यस्तै, भैरहवामा निर्माणधिन अवस्थामा रहेको अन्तरराष्ट्रिय विमानस्थलका लागि पनि भारतले आफ्नो आकाश प्रयोग गर्न स्वीकृति दिएको छैन ।

बाराको डुमरवानामा बन्न लागेको दोस्रो अन्तरराष्ट्रिय विमानस्थलमा ठूला विमानहरु उडान वा अवतरण गर्दा नजिकै रहेको भारतीय आकाशको प्रयोग गर्नैपर्ने हुन्छ ।

भारतले त्यहाँ विमान ल्याण्ड गर्ने स्वीकृति दिएन भने सो विमानस्थलको निर्माणकै औचित्यमाथि प्रश्न उठ्न सक्ने स्रोतको दाबी छ ।

नेपाली सेनाको एक अधिकारि भन्छन् ‘नेपालसँगको सम्बन्ध भारतले सुमधुर राख्न चाहने हो भने उसले नेपाली जहाजलाई आफ्नो आकाश प्रयोग गर्न दिनैपर्छ ।

...

मंगलबार, २५ पुष ०७४ 

प्रतिक्रिया

Related