हेभी इक्विपमेन्ट व्यवसायी महासंघ– दोस्रो साधारणसभा पोखरामा, भव्य एक्स्पो गर्ने तयारी

निर्माण सञ्चार, काठमाडौँ | नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले आफ्नो दोश्रो साधारण सभा आगामी माघ २६,२७ मा पोखरामा आयोजना गर्ने निर्णय गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष प्रेम श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिति गठन गरि उक्त सभाको तयारी तिव्र पारिएको महासंघका सचिव महेशराज पौडेलले निर्माण सञ्चारलाई बताए ।

साथै संघका पाधिकारीहरुसहित उपसमिति पनि विभिन्न तयारीमा जुटेका छन् ।

महासंघले यसपटक पोखरा रंगशालामा मेसिन विक्रेता, पार्टस विक्रेता, टायर, लुव्रिकेन्टस् तथा निर्माण उपकरण विक्रेताको सहभागीतामा भव्य एक्स्पो गर्ने तयारी समेत गरेको छ ।

साथै प्रदर्शनिमा सहभागी हुन सबै हेभी इक्विपमेन्टसँग सरोकार राख्ने सबैलाई सहभागीताका लागी आव्हान गरेको छ ।

सबै व्यवसायी विक्रेता मर्मतकर्ता लाई एकै छानामुनी समेटेर सबैको सम्मानजनक सहभागीतामा देशैभरिबाट प्रतिनिधित्व गराउने हेतुले पर्यटकिय नगरि पोखरामा आयोजना गरिन लागेको महासंघका सचिव पौडेल बताए ।

महासंघले प्रथम पटक मुख्य प्रायोजक, सहायक प्रायोजक र अन्य सहभागीको रुपमा मेसिन विक्रेतालाई समेट्दै हेभी इक्विपमेन्ट व्यवसायीलाई अधिकतम जानकारी दिने उद्देश्य लिएको छ ।

...

मंगलबार, २५ पुष ०७४  

प्रतिक्रिया

Related