डा. केसीविरुद्धको मुद्दामा सकियो बहस, आजै आदेश आउने

‘जबसम्म पराजुलीलाई हटाइँदैन वा उनीमाथि छानविन हुँदैन तवसम्म अनसन बस्छु’– डा. केसी
निर्माण सञ्चार, काठमाडौँ | डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बहस सकिएको छ । साथै आजै आदेश आउने बताइएको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको बहसमा निवेदकको तर्फबाट पूर्व महान्यायाधीवक्ता रमनकुमार श्रेष्ठ लगायतले बहस गरेका छन् ।

डा. केसीका तर्फबाट भने कृष्ण भण्डारी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, गोपाल सिवाकोटी चिन्तन लगायतले बहस गरेका छन् ।

उक्त बहसका क्रममा केसीका वकिलहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि इजलासमा उपस्थित गराउन र उनीमाथि लागेको आरोपबारे बोल्न दिन समेत माग गरेको केसीको पक्षमा बहस गरेका एक वकिलले बताए ।

बहस सकिएको र आजै आदेश आउने केसीको पक्षमा बहस गरेका एक वकिलले बताए ।

अदालतको अवहेलना खेपिरहेका केसीले आफूलाई न्याय दिने हो भने प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्न आग्रह गरेका छन् ।

बहसको अन्तिममा डा. केसीले आफ्नो वकिलमार्फत एक मिनेट समय मागेर भने ‘मलाइ हिरासत मै राखे पनि राख्नुस, जहिलेसम्म उनले राजीनामा गर्दैन वा हटाइँदैन वा उनीमाथि छानविन हुँदैन, तबसम्म अनसन बस्छु ।’

...

बुधबार, २६ पुष ०७४ 

प्रतिक्रिया

Related