साधारण तारेखमा डा केसीको रिहाको आदेशः सर्वाेच्चको आडमा ‘प्रधानन्यायाधीशको धृष्टाताको खेती पराजित

पराजुलीलाई संकट, सर्वाेच्चले झिकायो नागरिकता र शैक्षिक प्रमाणपत्रको सक्कल
निर्माण सञ्चार, काठमाडौं । डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको छ ।

अदालतको अवहेलना मुद्दामा प्रहरी हिरासतमा आएका केसीको स्वास्थ्य अवस्था समेतलाई विचार गरी हाललाई साधारण तारेखमा छोड्न सर्वोच्चले आदेश दिएको आदेशमा उल्लेख छ ।

तर, सर्वाेच्चको प्रधानन्यायाधीश बनेका गोपाल गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि झिकाउन आदेश दिएको छ ।

अदालतको अवहेलना मुद्दा लागेका डा। गोविन्द केसीले बयानका क्रममा पराजुलीको दुई वटा नागरिकता रहेको र एसएलसी पास भए नभएको विवाद भएको बताएका थिए ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधबार प्रधानन्यायाधीश पराजुलीका नाममा काठमाडौं जिल्ला अदालतबाट लिएको दुबै नागरिकताको प्रतिलिपि, न्याय परिषद्बाट उमेरबारे भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु झिकाउन आदेश दिएको हो ।

डिन शर्माको पुनर्वहाली आदेशको मिसिल पनि झिकाइने

आजैको आदेशले पराजुलीसहितको इजलासले आईओएमको डीनमा डा। शशी शर्मालाई पुनर्वहाली गर्न दिएको आदेशको मिासिल पनि झिकाउन भनिएको छ ।

सर्वोच्चको आदेशले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट प्रधानन्यायाधीश पराजुलीले लिएका नागरिकताको प्रतिलिपि र न्याय परिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु झिकाउन आदेश जारी गरेको हो । यो लडाइँमा प्रधानन्यायाधीश पराजुलीको नैतिक पराजय भएको यतिबेला बहस बजारभरि फैलिएको छ।

यता डा केसी विरुद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतको पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, श्याम खरेल, माधवकुमार बस्नेतले बहस गरेका थिए ।

यता डा. केसीको पक्षमा वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, कृष्णप्रसाद भण्डारी, सुरेन्द्र भण्डारी, गोपाल सिवाकोटीलगायतले बहस गरेका हुन् ।

अदालतको अवहेलना गरेको भन्दै प्रहरीले डा. केसीलाई त्रिवि शिक्षण अस्प्ताल महाराजगञ्जबाट सोमबार राति पक्राउ गरेको थियो।

अवहेलना मुद्दामा सर्वोच्च अदालतको आदेशपछि केसीलाई प्रहरीले अनसनस्थलबाटै सोमबार राति पक्राउ गरेको थियो ।

प्रधानन्यायाधीशको राजीनामा माग गरेर डा केसी १४ औँ अनसन बसेका थिए ।

 आदेशको पूर्ण पाठ 

 

...

बुधबार, २६ पुस, ०७४

 

प्रतिक्रिया

Related