सन्राइज बैंक लिमिटेडको शाखा सानेपामा

निर्माण सञ्चार, काठमाडौँ | सन्राइज बैंक लिमिटेडले काठमाडौंको सानेपामा शाखा स्थापना गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन बुधबार (पौष २६) एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले गरेका हुन् ।

सो समारोहमा बैंकका संचालकहरु डा. भोगेन्द्र गँरगाई, ई.बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य, बैंकका उच्च पदाधिकारीहरु लगायत स्थानीय सर्वसाधारण तथा ग्राहक वर्गको उपस्थिति रहेको थियो ।

यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्याउने विश्वास लिएको छ ।

साथै सानेपाबासीहरुलाई सुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देय लिएको छ ।

हाल सन्राइज बैंकले नेपाल अधिराज्य भर ७२ वटा शाखा, ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १८ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

...

बिहीबार, २८ पुष ०७४

प्रतिक्रिया

Related